Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

मोरङ प्रशासन : आज, शुक्रबार, रातिदेखि जिल्लाभर निषेधाज्ञा जारी '

मोरङ प्रशासन : आज, शुक्रबार, रातिदेखि जिल्लाभर निषेधाज्ञा जारी '

बिहिवार, बैशाख २३ २०७८

  • 1.2K
    SHARES

  • मोरङ  प्रशासन :   आज,  शुक्रबार, रातिदेखि  जिल्लाभर निषेधाज्ञा जारी '

    विराटनगर, बैशाख । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार रातिदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार शुक्रबार राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

    गत आइतबार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको थियो ।

    जिल्लामा सङ्क्रमण दर बढेपछि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए । मोरङसँग सीमा जोडिएका झापा र सुनसरीले यसअघि नै निषेधाज्ञा जारी गरेका थिए ।

    बिहिवार, बैशाख २३ २०७८०६:३२:२९

    डेमो खबर

    सम्बन्धित समाचार