Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

लुम्बिनी प्रदेश : 'केसीलाई मुख्यमन्त्री नियुक्त गर्न ४ दलको माग '

लुम्बिनी प्रदेश : 'केसीलाई मुख्यमन्त्री नियुक्त गर्न ४ दलको माग '

बिहिवार, बैशाख २३ २०७८

  • 1.2K
    SHARES

  • लुम्बिनी  प्रदेश :  'केसीलाई मुख्यमन्त्री नियुक्त गर्न ४ दलको माग '

    बुटवल,  वैशाख । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा दिन र नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै उनको नियुक्ति असंवैधानिक र अराजनीतिक भएको दोहोर्‍याएका छन् ।

    चार दलले तत्काल प्रदेश सभाको विशेष अधिवेशन बोलाउन र विपक्षी गठबन्धनका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् ।

    प्रदेश सभामा हाल कायम ७९ सदस्यमध्ये ४१ ले केसीलाई समर्थन गरेको तर मुख्यमन्त्री पोखरेलको समर्थनमा ३८ मा रहेको विपक्षी ४ दलको दावी छ ।

    संविधान, विधि प्रक्रिया मिचेर अल्पमतको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुखले राज्यशक्तिको दुरुपयोग भएको चार दलले बताएका छन् ।

    आफू अल्पमतमा रहेको थाहा हुँदाहुदै पनि संविधान र कानूनको अपव्याख्या गरी सपथ ग्रहण गर्नु पोखरेलको पदलोलुपता, अराजनीतिक चरित्र र निरंकुश कदम मात्र नभई वैचारिक राजनीतिक नियत नै खराब रहेको चार दलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    एमाले संसदीय दलका नेता पोखरेलले ४१  आफ्नो पक्षमा रहेको दावी गरेर मुख्यमन्त्रीमा नियुक्ति भएपनि तत्कालिन नेकपाबाट निर्वाचित विमला डांगीले माओवादी केन्द्र रोजेकी, एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरु दृगनारायण पाण्डे र अमरबहादुर डाँगीले राजीनामा दिएकाले पोखरेल स्पष्ट रुपमा अल्पमतमा परेको चार दलले बताएका छन् ।

    मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा नदिए कानूनी र राजनीतिक लडाई लड्ने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए । 

     

    हेर्नुहोस् ४ दलको विज्ञप्ति

     

     
     

    बिहिवार, बैशाख २३ २०७८०६:२५:३१

    डेमो खबर

    सम्बन्धित समाचार