Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

नेपालमा अन्तर्राष्ट्रिय उडान : " आज राति १२ बजेबाट बन्द हुँदै "

नेपालमा अन्तर्राष्ट्रिय उडान : " आज राति १२ बजेबाट बन्द हुँदै "

बिहिवार, बैशाख २३ २०७८

  • 1.2K
    SHARES

  • नेपालमा अन्तर्राष्ट्रिय उडान  :  "  आज  राति १२ बजेबाट  बन्द हुँदै "

    काठमाडौं, बैशाख । आज (बिहीबार) राति १२ बजेटबाट नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदैछन् । सरकारले नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि भन्दै रातिबाट भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । पहिलो चरणमा वैशाख मसान्तसम्म हवाई उडान बन्द हुनेछन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार अन्तिम दिन अन्तर्राष्ट्रियतर्फ कुल ५१ वटा उडान-अवतरणको तालिका तय भएको थियो । यो कोरोना महामारीपछिको सामान्य दिनको तुलनामा करिब दोब्बर हो ।

    आज नेपालबाट २६ उडान हुने र २५ वटा अवतरणको तालिका रहेको छ । भारतसँग भने एयर बबल सम्झौता अनुसार दुबै मुलुकका राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनीले सातामा एक-एक उडान गर्नेछन् ।

    यसरी आएका यात्रु १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । त्यसका लागि सरकारले होटेल समेत तय गरिसकेको छ । उडान बन्द घोषणापछि बढे हवाई यात्रु बुधबार त्रिभुवन विमानस्थल हुँदै २२८९  यात्रु नेपाल आएका छन् ।

    नेपालबाट भने ३८३८ यात्रु विदेशिएका छन् । नेपाल आउने भन्दा विदेश जाने यात्रु करीव दोब्बर देखिएको छ । नेपालमा बिहीबारबाट उडान बन्द हुने भएपछि वैदेशिक रोजगारीमा जानेहरुले बिहीबार पछाडिको टिकट समेत अगाडि सारेर उडान गरेकाले यात्रु संख्या बढेको हो ।

    अप्रिल महिनामा नेपालबाट औसतः २३११  यात्रु नेपालबाट विदेशिएको तथ्यांक छ । औसतः २२१३  यात्रु नेपाल आएका थिए ।

    बिहिवार, बैशाख २३ २०७८०६:१५:०२

    डेमो खबर

    सम्बन्धित समाचार