Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

भारतमा कोरोना : सङ्क्रमित हुने दुई करोड नाघे

भारतमा कोरोना : सङ्क्रमित हुने दुई करोड नाघे

मंगलवार, बैशाख २१ २०७८

  • 445
    SHARES

  • भारतमा कोरोना   :  सङ्क्रमित हुने दुई करोड नाघे

    काठमाडौं, बैशाख । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने दुई करोड नाघेको छ । एकैदिनमा तीन लाख ५७ हजार २२९ नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमित दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ ।

    पछिल्लो चौबीस घण्टामा १६ लाख ६३ हजार ७४२ को आरटीपीसीआर परीक्षण गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत् शनिबार एकैदिन चार लाखभन्दा बढी सङ्क्रमित थपिए यता पछिल्लो दुई दिनमा सङ्क्रमितको संख्यामा कमी हुँदै आएको छ ।

    सोमबार तीन लाख ६८ हजार सङ्क्रमित थपिएकोमा मंगलबार दैनिक थपिने सङ्क्रमितमा कमी आएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ४४९ सङ्क्रमितको मृत्यु भएको छ ।

    हालसम्म दुई लाख २२ हजार ४०८ जना सङ्क्रमितको मृत्यु भएको हो । हाल ३४ लाख ४७ हजार १३३ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा तीन लाख २० हजार २८९ कोरोनामुक्त भएका छन् ।

    भारतमा हालसम्म १५ करोड ८९ लाख ३२ हजार ९२१ ले खोप लगाएका छन् ।

    मंगलवार, बैशाख २१ २०७८०१:४०:०७

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार