Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

सुनको मूल्‍य : तोलामा चार सय रुपैयाँले बढ्याे

सुनको मूल्‍य : तोलामा चार सय रुपैयाँले बढ्याे

सोमवार, बैशाख २० २०७८

  • 513
    SHARES

  • सुनको मूल्‍य  : तोलामा चार सय रुपैयाँले बढ्याे

    २० वैशाख, काठमाडौं । सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ ।

    आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चारसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै चाँदीको प्रतितोला मूल्‍यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ । आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ ।

    निषेधाज्ञाका कारण देशैभरका प्रमुख शहरहरु बन्द हुँदा सुनको कारोबारमा भने भारी गिरावट आएको महासंघले जनाएको छ ।

    सामान्य अवस्थामा दैनिक बजारमा ३५ किलो सुनको कारोबार हुने भएपनि अहिले कम मात्रामा सुनको कारोबार भइरहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

    सोमवार, बैशाख २० २०७८०१:३९:११

    डेमो खबर

    सम्बन्धित समाचार