Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

ओडिआई र टी२० वरीयतामा नेपालको सुधार : एक स्थान माथी उक्लीयाे

ओडिआई र टी२० वरीयतामा नेपालको सुधार : एक स्थान माथी उक्लीयाे

सोमवार, बैशाख २० २०७८

  • 457
    SHARES

  • ओडिआई र टी२० वरीयतामा नेपालको सुधार :   एक स्थान माथी उक्लीयाे

    काठमाडौं, वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को ओडिआई र टी२०आई वरीयतामा नेपाल एक-एक स्थान सुधार गरेको छ । आइसीसीले हरेक वर्ष मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । यसमा पछिल्लो तीन वर्को नतिजालाई आधार मानिने आइसीसीले जनाएको छ ।

    आइसीसीले सोमबारी जारी गरेको वरीयतामा नेपाल ओडिआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । यस्तै टी२० आईमा पनि एक स्थान सुधार गर्दै नेपाल १३औं स्थानमा उक्लेको छ । ओडिआईमा नेपाल यसअघि १७औं र युएई १६औं स्थानमा थियो । युएईलाई पछि पार्दै नेपाल १६औं स्थानमा उक्लेको हो ।

    नेपालले २०२० फेब्रुअरीमा क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि ओडिआई खेल खेलेको छैन । यस्तै यही बैशाख ४ देखि ११ गतेसम्म नेपालमै भएको त्रिकोणात्मक टी२० सिरिज जितेको नेपालले टी२० वरीयतामा सुधार गरेको हो । सिरिज दौरान नेपालको वरीयतामा तलमाथि भइरहेको थियो ।

    सिरिजको उपाधि जितेपछि नेपाल १४औं स्थानमा उक्लेको थियो । पछिल्लो वरीयतामा नेपालले स्कटल्याण्डलाई पछि पार्दै १३औं स्थानमा उक्लेको हो । एसोसिएट नेशनतर्फ नेपाल सबैभन्दा अगाडि रहेको छ ।

    भारत तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा झरेको छ । न्युजिल्याण्ड र अष्ट्रेलियाले दु२ स्थान सुधार गर्दा भारत एक र इंग्ल्याण्ड तीन स्थान तल झरेको हो । साउथ अफ्रिका पाँचौ पाकिस्तान छैटौं र बंगलादेश सातौं स्थानमा यथावत रहँदा वेष्ट इन्डिज आठौं स्थानमा उक्लेको छ । यस्तै श्रीलंका नवौं स्थानमा झरेको छ । अफगानिस्तान १०औं स्थानमा यथावत छ ।

    एसोसिएट नेशन नेदरल्याण्ड्स एक स्थान सुधार गर्दै ११औं स्थानमा उक्लँदा आयरल्याण्ड १२औं स्थानमा झरेको छ । जिम्बाव्वे १३औं स्थानमा यथावत छ । यस्तै ओमान १४औं र स्कटल्याण्ड १५औं स्थानमा यथावत छ ।

    सोमवार, बैशाख २० २०७८०१:३५:२९

    डेमो खबर

    सम्बन्धित समाचार