Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

सोमवार, बैशाख २० २०७८

  • 469
    SHARES

  • कांग्रेसका प्रवक्ता  शर्मालाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं, वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।

    आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

    मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा. अनुप बास्तोलाको निर्देशन अनुरुपको औषधि सेवन शुरु गरेको शर्माले बताए । उनले कोरोना संक्रमणबाट जोगिनका लागि सजग रहन सबैलाई आग्रह पनि गरेका छन् ।

    सोमवार, बैशाख २० २०७८०१:२६:३२

    डेमो खबर

    सम्बन्धित समाचार