Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images
लुम्बिनी प्रदेशमा राजनीतीक संकट

कांग्रेस सभापती देउवा भन्छन् : 'लुम्बिनी घटना निन्दनीय, नयाँ सरकारका लागि मार्गप्रशस्त गर '

कांग्रेस सभापती देउवा भन्छन् : 'लुम्बिनी घटना निन्दनीय, नयाँ सरकारका लागि मार्गप्रशस्त गर '

आइतवार, बैशाख १९ २०७८

  • 777
    SHARES

  • कांग्रेस सभापती  देउवा भन्छन् :  'लुम्बिनी घटना निन्दनीय, नयाँ सरकारका लागि मार्गप्रशस्त गर '

    काठमाडाै, बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको घटना संविधानको ठाडो उल्लंघन, बलमिच्याइँ र घोर अलोकतान्त्रिक प्रवृत्तिको भएको भन्दै निन्दा र भत्र्सना गरेका छन् ।

    देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गरेर केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर रहेको बताएका छन् ।

    उनले भनेका छन्, ‘नेकपा एमालेले प्रदेश सभामा प्रस्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनीतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन ।

    नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रस्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमोलगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मूल्य–मान्यताविपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ ।

    संविधान बमोजिम संसद्मा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मूल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो ।

    केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ । बलमिच्याइँले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारु गरेर संसद्को बहुमत अनुरूप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपिल गर्दछु ।’

    आइतवार, बैशाख १९ २०७८१०:०२:१५

    डेमो खबर

    सम्बन्धित समाचार