Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

भारतमा कोरोना : 'सङ्क्रमितको विगत २४ घण्टामा चारलाख नाघे , तीन हजार ५२३ को मृत्यु '

भारतमा कोरोना : 'सङ्क्रमितको विगत २४ घण्टामा चारलाख नाघे , तीन हजार ५२३ को मृत्यु '

शनिवार, बैशाख १८ २०७८

  • 573
    SHARES

  • भारतमा कोरोना  :  'सङ्क्रमितको  विगत २४ घण्टामा चारलाख नाघे ,  तीन हजार ५२३ को मृत्यु '

    नयाँ दिल्ली, वैशाख । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ । कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कुल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

    योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ को मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेकोे छ ।

    भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ३२ लाख ६८ हजार १७० रहेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८  कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन् । भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ को कोरोना परीक्षण गरिएको छ ।

    शनिवार, बैशाख १८ २०७८१०:१२:५१

    डेमो खबर

    सम्बन्धित समाचार