Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

भारत : 'एकै दिन ३ लाख ८६ हजारलाई कोरोना, ३४९८ को मृत्यु'

भारत : 'एकै दिन ३ लाख ८६ हजारलाई कोरोना, ३४९८ को मृत्यु'

शुक्रवार, बैशाख १७ २०७८

  • 921
    SHARES

  • भारत :  'एकै दिन ३ लाख ८६ हजारलाई कोरोना, ३४९८ को मृत्यु'

    काठमाडौँ, बैशाख । भारतमा कोरोना महामारीले ‘सुनामी’ को रूप लिइसकेको छ । तत्काल संक्रमितको संख्यामा कमी आउने सम्भावना देखिएको छैन । पछिल्लो एक साता भारतमा भाइरसबाट संक्रमित हुनेको संख्या अन्य कुनै देशमा भन्दा बढी छ । यो अवधिमा दैनिक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

    भारत स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा त हालसम्मकै सबैभन्दा बढी ३ लाख ८६ हजार ४५२ मा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन ३ लाख ७९ हजार २५७ संक्रमित थपिएका थिए। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ करोड ८७ लाख ६२ हजार ९७६ पुगेको छ ।

    एक दिनको अवधिमा ३ हजार ४९८ ले ज्यान गुमाएका छन् । शुक्रबार साँझसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८ हजार ३३० पुगिसकेको छ । भाइरस प्रभावित देशहरूको सूचीमा शीर्षस्थानमा रहेको अमेरिकामा ३ करोड २२ लाखभन्दा बढी संक्रमित छन् । ५ लाख ७५ हजारभन्दा बढीको भाइरसले मृत्यु भइसकेको छ ।

    भारतमा सक्रिय संक्रमितको संख्या नै करिब ३२ लाख पुगेको छ । महामारीका कारण भारतका अस्पतालहरूमा बेड तथा अक्सिजनको चरम अभाव देखिएको छ । जसका कारण बिरामीहरूको उपचार नपाएरै मृत्यु भएको छ । अस्पताल बिरामीको भार नसक्ने अवस्थामा पुगिसकेका छन् ।

    अमेरिका, बेलायत, यूएई, साउदी अरबलगायत देशले अक्सिजन तथा मेडिकल सामग्री सहयोग गरेका भए पनि सवा अर्बभन्दा बढी जनसंख्या रहेको भारतका लागि बालुवामा पानी खन्याएसरह भएको जनस्वास्थ्यविद्हरूको भनाइ छ । शव जलाउनै मुस्किल भाइरसको महामारीका कारण अभूतपूर्व संकटमा परेको भारतमा कोरोनाका कारण मृत्यु भएकाको दाहसंस्कार गर्नसमेत कठिनाइ हुन थालेको छ ।

    पछिल्ला केही दिनमा अन्तिम संस्कार गर्ने स्थानमा पनि ठूलो चाप बढेको छ । केही मसानघाट चौबिसै घण्टा सञ्चालनमा छन् । मसानघाटका कर्मचारी आफूले विश्राम बिना नै दाहसंस्कार गर्न थालेको जनाउँछन् । तर दाहसंस्कार गर्न पालो नपाएपछि खुला स्थानमा शव जलाउने व्यवस्था गर्न थालिएको छ ।

    राजधानी दिल्लीका घाटमा शव जलाउन ठाउँ नपुगेर नयाँ चिता बनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसैगरी, अन्तिम संस्कारका लागि आवश्यक दाउराको समेत अभाव हुन थालेको छ ।

    शुक्रवार, बैशाख १७ २०७८०२:०७:४३

    डेमो खबर

    सम्बन्धित समाचार