Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

पर्सा :  'बिहीबारदेखि निषेधाज्ञा लागू गरिँदै' 

पर्सा :  'बिहीबारदेखि निषेधाज्ञा लागू गरिँदै' 

बुधवार, बैशाख १५ २०७८

  • 517
    SHARES

  • पर्सा :  'बिहीबारदेखि निषेधाज्ञा लागू गरिँदै' 


    वीरगञ्ज, बैशाख  । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको मंगलबार  बसेको बैठकले आगामी वैशाख १६ गते बिहीबारदेखि २२ गते बुधबारसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।
    जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारीले जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको सिफारिस बमोजिम  आगामी वैशाख १६ गते बिहीबारदेखि २२ गते बुधबारसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिएका छन । 
    जिल्ला प्रशासन कार्यालय पर्सामा आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न  निषेधाज्ञा जारी गर्नेदेखि लिएर अन्य १० वटा निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जनाए ।  
    बैठकले आवश्यक दुईसय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने, आवश्यक दक्ष जनशक्ति तथा करारमा चार महिनाका लागि कर्मचारी नियुक्त गर्ने , भारतबाट रक्सौल–वीरगञ्ज नाका हुँदै आउनेलाई होल्डिङ गर्न ठाकुरराम बहुमुखी क्याम्पसमा क्वारेन्टीन निर्माण गर्ने र त्यसपछि सम्बन्धित पालिकामा संक्रमणको शंका लागेका व्यक्तिलाई पठाई अनिवार्य रूपमा १० दिन क्वारेनटिनमा राख्ने निर्णय पनि गरेको छ । 
    बैठकले पर्सामा वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी पौडेलले जानकारी दिए ।
    कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उहाँले बताए । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्डभित्र रही कोरोना संक्रमितको उपचार गर्ने गराउन अनुरोध गर्ने निर्णय पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साले गरेको छ ।

    यसैगरी, सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय बैठकले गरेको छ ।
    यसैगरी कम्तीमा २०० बेड क्षमतासम्मको कोभिड–१९ संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना एवं सञ्चालन गर्ने व्यवस्थाका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको उनले बताए ।

    बुधवार, बैशाख १५ २०७८०९:५४:५७

    डेमो खबर

    सम्बन्धित समाचार