Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

प्रदेश २ : ' ११८ नयाँ संक्रमित थपिए '

प्रदेश २ : ' ११८ नयाँ संक्रमित थपिए '

बुधवार, बैशाख १५ २०७८

  • 481
    SHARES

  • प्रदेश २ : ' ११८ नयाँ संक्रमित थपिए '

     जनकपुरधाम, बैशाख । प्रदेश २ मा कोरोना संक्रमित बढ्दै गएका छन । एक महिनाअघि शून्यमा रहेको कोरोना संक्रमण मंगलबार मात्रै ११८ संक्रमित थपिएका छन ।

    योसँगै प्रदेश २ मा कोरोनाको सक्रिय संक्रमितको संख्या एकहजार ३७१ पुगेको छ । जसमा पुरुष ९३१ र महिला ४४० रहेको प्रदेश २ का समाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट र नारायणी उपक्षेत्रीय अस्पताल बिरगञ्जमा गरिएको परीक्षणवाट आज ३९ महिला र ७९ पुरुष गरी ११८ मा कोरोना भाइरसको संक्रमण पुष्टी भएको समाजिक विकास मन्त्रालयका बरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिएका छन ।

    योसँगै प्रदेश २ मा कोरोनावाट संक्रमित हुनेको संख्या १८ हजार ६३९ पुगेकोे छ । उहाँका अनुसार आज सबैभन्दा बढी पर्सामा ६५, धनुषामा १८, बारामा १२, महोतरीमा चार, सप्तरीमा १५, सर्लाहीमा एक र सिरहामा तीनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    उहाँले आजसम्ममा कोरोना भाइरसका कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या २२२ पुगेको जानकारी दिए । तीमध्ये ४५ महिला र १७७ पुरुष रहेको बताए ।

    उहाँले कोरोना भाइरसका कारण धनुषामा २५, महोतरीमा १८, सिरहामा २६, सप्तरीमा ४१ ,सर्लाहीमा १५, रौतहटमा १०, बारामा २५, पर्सामा ६१ र एक भारतीय गरी २२२ को मृत्यु भइसकेको बताएका छन ।

    उहाँले प्रदेश २ मा कोरोनालाइ जितेर घर फर्किनेको संख्या १७ हजार पुगेको छ । जसमध्ये महिला २ हजार ९६१ र पुरुष १४ हजार ३९ रहेको बरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिए। उहाँले आज मात्रै दुइले कोरोनालाई जितेको बताए ।

    बुधवार, बैशाख १५ २०७८०९:४७:२३

    डेमो खबर

    सम्बन्धित समाचार