Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

आईपीएल : कोलकाताको दोस्रो जित

आईपीएल : कोलकाताको दोस्रो जित

मंगलवार, बैशाख १४ २०७८

  • 573
    SHARES

  • आईपीएल  : कोलकाताको दोस्रो जित

    काठमाडौं बैशाख । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा पन्जा किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकता अन्तिम स्थानबाट फड्को मार्दै पाँचौ स्थानमा उक्लेको छ ।

    ६ खेलबाट कोलकाताको ४ अंक छ । साथै कोलकाताले लगातार चार हारको शृंखला पनि अन्त्य गरेको छ । ६ खेलबाट समान अंक भएपनि रनरेटमा पछि पर्दै पन्जाब छैटौं स्थानमा झरेको छ ।

    अहमेदावादमा भएको लो स्कोरिङ खेलमा पन्जाबले दिएको १२४ रनको लक्ष्य कोलकताले १६.४ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

    १७ रन हुँदा ३ विकेट गुमाए पनि कप्तान आयोन मोर्गन र राहुल त्रिपाठीले ७६ रनको साझेदारी गर्दै कोलकाताको इनिङ्स सम्हालेका थिए । मोर्गनले ४० बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा अविजित ४७ रन बनाए । यस्तै त्रिपाठीले ३२ बल खेल्दै ७ चौका मद्दतमा ४१ रन योगदान गरे ।

    दिनेश कार्तिक १२ रनमा अविजित रहे । मोइसेस हेनरिक, मोहम्मद शामी, अर्शदिप सिंह र दीपक हुडाले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

    पन्जाबका लागि ओपनर मायंक अग्रवालले सर्वाधिक ३१ रन बनाए । यस्तै लोअर अर्डमा क्रिस जोर्डनले १८ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे ।

    कप्तान लोकेश राहुल र निकोलस पुरनले समान १९ रन जोडे । कोलकताका प्रसिद कृष्नाले ३ विकेट लिए । यस्तै प्याट कमिङ्स र सुनिल नारिनले २–२ तथा शिभम मावी र वरुन चक्रवर्तीले समान १ विकेट लिए ।

    मंगलवार, बैशाख १४ २०७८०८:४९:५०

    डेमो खबर

    सम्बन्धित समाचार