Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

टी ट्वान्टी विश्व वरीयता : नेपाल १४ औं स्थानमा

टी ट्वान्टी विश्व वरीयता : नेपाल १४ औं स्थानमा

सोमवार, बैशाख १३ २०७८

  • 597
    SHARES

  • टी ट्वान्टी विश्व वरीयता  :    नेपाल  १४ औं स्थानमा

    काठमाडौं, वैशाख । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १४ औं स्थानमा उक्लेको छ ।

    आईसीसीले आइतबार नयाँ वरीयता जारी गरेको हो । मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी शृङ्खला जितेपछि नेपाल १४ औं स्थानमा उक्लेको हो । नेपालले स्कटल्याण्डलाई उछिनेको हो ।

    स्कटल्याण्ड १५ औं स्थानमा चिप्लिएको हो । नेदरल्याण्ड्स भने १७ औं स्थानमा यथावत् छ । नयाँ वरीयता बमोजिम नेपालले २८ खेलबाट पाँच हजार ११३ प्वाइन्ट्स र १८३ रेटिंग्स पाएको छ ।

    स्कटल्याण्डको भने १७ खेलबाट तीन हजार ९६ प्वाइन्ट्स र १७९ रेटिंग्स छ । मलेसिया भने एक स्थान तल झरेको छ । यसअघि ३१ औं स्थानमा रहेको मलेसिया नयाँ वरीयतामा ३२ औं स्थानमा झरेको हो । मलेसियालाई यूगान्डाले उछिनेको हो ।

    सोमवार, बैशाख १३ २०७८०३:१६:३४

    डेमो खबर

    सम्बन्धित समाचार