Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

नेपालमा कोरोना : ' ३३९ जना सङ्क्रमित थपिए'

नेपालमा कोरोना : ' ३३९ जना सङ्क्रमित थपिए'

बुधवार, चैत्र २५ २०७७

  • 441
    SHARES

  • नेपालमा कोरोना  : ' ३३९ जना सङ्क्रमित थपिए'

    काठमाडौं, चैत । नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार एकसय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ८१९ पुगेको छ ।

    पछिल्लो चौबीस घण्टामा १६३ जना काठमाडाैं उपत्यकामा सङ्क्रमित थपिएका छन् । काठमाडाैं उपत्यकामा १६३, (काठमाडाैंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५ जना सङ्क्रमित थपिएका छन् ।

    नेपालमा अहिले २२ सय एकजना सक्रिय सङ्क्रमित छन् । नेपालमा निकाे हुने दर घटेकाे छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ५२९ निकाे भएका छन् ।

    बुधवार, चैत्र २५ २०७७०६:३०:३९

    डेमो खबर

    सम्बन्धित समाचार