काठमाडौं, चैत । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ ।
नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६७१ दशमलव ६१ अंकमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.६२ अंकले बढेर ४७६ दशमलव ८० अंकमा रोकिएको छ । कारोबार रकम भने ७ अर्ब नाघ्यो ।
दिनभर भएका ७५ हजार २६५ कारोबारबाट २१५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ पुगेको छ । समूहगत इन्डेक्स धेरैजसो घटेका छन् । व्यापार समूह १६३ अंकले घटेको छ घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको छ ।
निर्जिवन बीमा समूह, उत्पादन मूलक जीवन बीमा र लगानी समूहमा रहेको कम्पनीहरुको पनि सेयर मूल्य घटेको छ । उता बैंकिङ समूहको सबइन्डेक्स भने ५ दशमलव २३ अंकले बढेको छ भने होटल तथा पर्यटन २३२ दशमलव ६४ अंकले उकालो लागेको छ ।
विकास बैंक ४० दशमलव ५२ अंकले उकालो लाग्दा लघुवि१ १०७ दशमलव ४४ अंकले बढेको छ । हेर्नुस् कुन कम्पनीले कमाए ? कुनले गुमाए ?