Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

नेप्से परिसूचक : हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

नेप्से परिसूचक : हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

मंगलवार, चैत्र २४ २०७७

  • 457
    SHARES

  • नेप्से परिसूचक  :  हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

    काठमाडौँ, चैत ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ बिन्दुले बढेर ४७६.१८ मा पुगेको छ ।

    कूल २१३ कम्पनीको एक करोड ६१ लाख आठ हजार ४९९ कित्ता शेयर रु सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण झण्डै रु ३७ खर्बको नजिक पुगेको छ । नेप्सेका अनुसार रु ३६ खर्ब ९४ अर्ब ४२ करोड ७९ लाख ३० हजार हाराहारीमा बजार पूँजीकरण पुगेको छ ।

    कारोवार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.५९, व्यापार ४३२.२५, वित्त ३.३६, निर्जीवन बीमा २८७.७६, अन्य ३.९, जीवन बीमा १९१.४२ अङ्कले ओरालो लागेको छ ।

    होटल तथा पर्यटन २०५.७९, विकास बैंक २९.९७, जलविद्युत् ११४.०५, उत्पादन १८३.९१, लघुवित्त ६४.१९, सामूहिक लगानी कोष ०.०२ र लगानी २.७२ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३९ करोड ८० लाख ५७ हजार २३६ बराबरको कारोवार भयो ।

     

    मंगलवार, चैत्र २४ २०७७०६:४७:४०

    डेमो खबर

    सम्बन्धित समाचार