Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

भारत : 'छत्तीसगढमा नक्सलवादीकाे हमला, २२ सुरक्षाकर्मीको हत्या'

भारत : 'छत्तीसगढमा नक्सलवादीकाे हमला, २२ सुरक्षाकर्मीको हत्या'

आइतवार, चैत्र २२ २०७७

  • 605
    SHARES

  • भारत :  'छत्तीसगढमा नक्सलवादीकाे हमला, २२ सुरक्षाकर्मीको हत्या'

    बिजपुर, छत्तीसगढ, चैत । भारतमा नक्सलवादीको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने बिजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    “छत्तीसगढको सुक्मा—बिजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,” स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उनले जानकारी दिए ।

    छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताए । उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिए ।

    केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नुभएको पनि मुख्यमन्त्री बघेलले बताएका छन ।

    आइतवार, चैत्र २२ २०७७०६:४९:१४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार