बैगुनीलाई ब्यर्थै त्यति माया गर्याै
मनमाया कसाे गरी निष्ठुरीकाे नजिक पर्याै
मनमाया ? थाहा छ, तिम्रो घाउ बल्झ्याे,
राेयाै एकतमासले त्यसैले त झिसमिसेमै बसाइँ सर्याै मनमाया !
छिमेकीकाे नाताभन्दा ठूलाे अर्को के नै हुन्छ ?
निर्माेहीकाे विश्वासमा खै गर्नु गर्याै मनमाया !
अाईमाईकाे मात्रै कसुर देख्ने हाम्रो समाजमा
कसाेकसाे गरी धन्न तमाेर तर्याै मनमाया !