Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

बेलायत : " ४० देशका नागरिकको प्रवेशमा प्रतिबन्ध "

बेलायत : " ४० देशका नागरिकको प्रवेशमा प्रतिबन्ध "

शुक्रवार, चैत्र २० २०७७

  • 597
    SHARES

  • बेलायत  : " ४० देशका नागरिकको प्रवेशमा प्रतिबन्ध "

    काठमाडौं, चैत । कोभिड १९ को महामारीका बीच बेलायतले ४० देशका नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको छ । पछिल्लो पटक यात्रा प्रतिबन्धमा थपिने राष्ट्रमा फिलिपिन्स, पाकिस्तान, केन्या र बङगलादेश छन् ।

    यी राष्ट्रमा कोरोनाभाइरसको सङ्क्रमण तीब्र रुपमा वृद्धि भएको छ । बीबीसीका अनुसार बेलायतले यात्रा प्रतिबन्धको निर्णय केही घण्टाको पूर्व सूचनामा समेत लगाउन पाउनेछ । उक्त निर्णयको कार्यान्वयन आगामी शुक्रबारदेखि लागू हुनेछ ।

    बेलायतले कोभिड १९ को नयाँ संस्करणको सङ्क्रमण रोक्न यात्रा प्रतिबन्ध पछ्याएको छ । उक्त प्रतिबन्ध लगाइने राष्ट्रलाई बेलायतले रातो सूचीमा राखेको छ ।

    बेलायतमा शुक्रबार पछिल्लो चौबीस घण्टामा चार हजार ४७९ जना नयाँ सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा ५१ जनाको मृत्यु भएको छ ।

    शुक्रवार, चैत्र २० २०७७१०:०७:४८

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार