Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

सप्तकोशी नदीमा खुवालुङ :  'के हो, वास्तविकता  र हल्ला'

सप्तकोशी नदीमा खुवालुङ :  'के हो, वास्तविकता  र हल्ला'

शुक्रवार, चैत्र २० २०७७

  • 737
    SHARES

  • सप्तकोशी नदीमा खुवालुङ :  'के हो, वास्तविकता  र  हल्ला'


    विराटनगर, चैत  । धनकुटाको शहिदभूमि गाउँपालिका–१ सिम्ले, शहीदभूमि गाउँपालिका–२ को त्रिवेणी र साँघुरीगढी गाउँपालिका–१ साङ्कामा तथा  उदयपुरको बेलका–७ आमने सामनेमा पर्दछन् । यी स्थलको केन्द्र भाग बनाएर सप्तकोशी नदी बहने गर्दछ । नदी बीचमा रहेको ढुङ्गालाई किराँत धर्मालम्बीहरुले आफ्नो मुन्धुम संस्कार अनुसार खुवालुङको रुपमा ‘भाक्ने’ गर्दै आएका छन् । 
    किराँत धर्मालम्बीको आस्थामाथि ठेस पुग्ने गरि सरकारले उक्त खुवालुङलाई हटाउने कुरा भयो । सो निर्णयका सर्बत्र बिरोध भयो राई समुदायबाट ।   

    Khuwalung (1).jpg

    मुख्यमन्त्रीसँगै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, मोरङ, सुनसरी, उदयपुर र भोजपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका डिआईजी इश्वरबाबु कार्कीसहितको टोली खुवालुङ क्षेत्रको अवलोकनका लागि पुगेर स्थानीयवासीलाई आश्वास्त पारे । 
    जल यातायात सञ्चालन आएसँगै उक्त ढुङ्गाको कारण त्यस क्षेत्रमा स्टिमर सञ्चालनका लागि समस्या पर्दै आएको गुनासो थियो । कोशी कटान क्षेत्र नियन्त्रणका लागि लगानी प्राधिकरणमार्फत डोर–वे इन्टरनेशनले प्रारम्भिक अध्ययन सुरु गरेपछि उक्त ढुङ्गाको विषयलाई लिएर एकाएक विवाद सिर्जना भएको हो । 
    प्रारम्भिक अध्ययनमा संलग्न डोर–वे इन्टनेशनका विपुलराज पाण्डेका अनुसार, त्रिवेणी क्षेत्रमा हुनसक्ने कटानमा उक्त ढुङ्गा बाधक बनिरहेको छ, भनेर स्थानीयवसीसँग त्यस क्रममा सोधखोज गरिएको थियो । त्यही विषयलाई केन्द्रित गरेर सरकारले र खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ढुङ्गा फुटाउन लागेको गलत प्रचारबाजी सुरु भएको थियो ।
    विज्ञ एवं डोर–वे इन्टरनेशनलका पाण्डेका अनुसार नदीको मध्यभागमा रहेको खुवालुङलाई संरक्षण गरेरै दुवै भागबाट जलयातायातका साधान सञ्चालन गर्नसकिन्छ । जल यातायातका लागि २० फिट चौडाईको जल सतहमा पाँच फिट गहिराई रहे कुनै पनि समस्या नहुने पाण्डेले जानकारी दिए । 
    त्यसका लागि उदयपुरको बेलका–७ तर्फको भू–भागतर्फ नदीको वहावलाई केहि धकेल्न सक्ने संभावना रहेको पाण्डेले बताए । सरकारले चतरादेखि दोलालघाटसम्म जलयातायातको संभाव्यताको प्रारम्भिक अध्ययन समेत गर्ने तयारी गरेको छ । 
    कटान क्षेत्रको जोखिमबारे प्रारम्भिक अध्ययन गरिरहेको डोर–वे इन्टरनेशनले जल यातायातका लागि आवश्यक पर्ने जल सतहको समेत परीक्षण गरिरहेको छ । 
    इन्जिनियर पाण्डेले हालसम्म सप्तकोशी नदीको ३० किलोमिटर क्षेत्रमा डोर–वे इन्टरनेशनलले कटान क्षेत्र र जल यातायातका लागि आवश्यक जल सतहको समेत प्रारम्भिक अध्ययन भने सुरुगरेको  जनाए । 
    जल यातायातका लागि चल्ने स्टिमरको उद्गम सुनसरी बराह क्षेत्र–१ चतरादेखि भोजपुरको हतुवागडी–९ कोप्चे (हलेदे) गन्तव्य छ । चतरादेखि कोप्चेसम्मको २२ किलोटिमर पर्दछ । 
    दुधकोशी, अरुण र तमोर जोडिएको शहिदभूमि गाउँपालिका–२ को त्रिवेणीमा रहेको खुवालुङलाई किराँत राई धर्मालम्बीहरुले भने आफ्नो सभ्यता मान्ने गरेका छन् । किराँत राई यायोख्खाका महासचिव जनक राईले किराँत क्षेत्रको सबैभन्दा पहिलो पाइला खुवालुङ नै भएको बताए । 
    उनले भने,  किराँतका पुर्खाले सप्तकोशी पार गर्दा खुवालुङ भाकेर त्यहि ढुङ्गामा टेकेर खोला नदी तरेका थिए ।  त्यहिंबाट नदी पारे गरेका उनीहरु दुधकोशी, अरुण र तमोर बेशिनमा बसोबास गर्न थालेको कथन छ । 

     

    शुक्रवार, चैत्र २० २०७७१२:१६:५९

    डेमो खबर

    सम्बन्धित समाचार