Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

कोरोनाको उच्च जोखिममा शिक्षण संस्था : ' सैनिक महाविद्यालय बन्द'

कोरोनाको उच्च जोखिममा शिक्षण संस्था : ' सैनिक महाविद्यालय बन्द'

मंगलवार, चैत्र १७ २०७७

  • 913
    SHARES

  • कोरोनाको उच्च जोखिममा  शिक्षण संस्था   : ' सैनिक महाविद्यालय बन्द'

    काठमाडौँ, चैत । नेपालमा केही दिनयता शैक्षिक संस्थाहरूमा कोरोना भाइरस फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सञ्चारकमीर्सँग  कुरा गर्दै पछिल्लो समय देखिएको भाइरस शैक्षिक संस्थामा केन्द्रित रहेको जानकारी गराए  ।

    उनले भने,  कुन कुन विद्यालयमा भाइरस फैलिएको छ भन्ने प्रश्नमा विद्यालयका नाम भन्न नमिल्ने भन्दै अस्पताल भर्ना हुनेहरू शिक्षक तथा विद्यार्थी रहेको  नै हुन । ती विद्यालयले जनस्वास्थ मापदण्ड नअपनाएका कारण कोरोना फैलिएको उनको भनाइ छ । शैक्षिक संस्थामा स्वास्थ्यका मापदण्ड नअपनाउँदा त्यहाँ कोरोना सङ्क्रमण बढिरहेको उनको भनाइ छ ।

    शैक्षिक संस्थामा स्वास्थ्यका मापदण्ड कार्यान्वयन फितलो रहेकाले सङ्क्रमण बढेको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले बताए । विद्यालयमा हात धुने तथा सेनिटाइज र अनिवार्य मास्क लगाउने व्यवस्थालाई कडाइका साथ लागू गर्न उनले आग्रह गरे ।

    उनले अहिले टेकु अस्पतालमा भर्ना हुने सङ्क्रमितमा अधिकांश शिक्षक, होटलमा काम गर्ने व्यक्ति र तराईबाट रिफर गरिएका बिरामी रहेको जानकारी दिए ।

    केही दिनयता सङ्क्रमण उकालोतर्फ लागिरहेकोमा आफूहरू चिन्तित रहेको भन्दै उनले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरे ।

    यस्तै कोरोना सङ्क्रमण फैलिएपछि सैनिक महाविद्यालय बन्द गरिएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सोमबारबाट महाविद्यालय पूर्ण रूपमा बन्द गरिएको बताए ।

    केही विद्यार्थी तथा प्रशासनमा कार्यरत जनशक्तिलाई कोरोना भाइरस देखिएपछि महाविद्यालय बन्द गर्नुपरेको उहाँको भनाइ छ । अरू कक्षा बन्द नै थियो, कक्षा १०, ११ र १२ पनि केही समयअघि सञ्चालन गरिएकोमा विद्यार्थी र कर्मचारीलाई कोरोना देखिएपछि बन्द गरिएको उनको भनाइ छ ।

    नियन्त्रण गर्न नसक्ने गरी फैलिएको होइन, प्रवक्ता पौडेलले भने “दोस्रो चरणको भाइरस फैलिन लागेकाले थप सतर्कता अपनाउँदै विद्यालय बन्द गराएका हौँ ।”

    मंगलवार, चैत्र १७ २०७७०९:३९:१६

    डेमो खबर

    सम्बन्धित समाचार