Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images
चीनकाे भन्सार प्रशासन भन्छ

चीनको निर्यात ब्यापार : "विगत दुई दशकमै सबैभन्दा बढी , ५०.२ प्रतिशतले वृद्धि"

चीनको निर्यात ब्यापार : "विगत दुई दशकमै सबैभन्दा बढी , ५०.२ प्रतिशतले वृद्धि"

आइतवार, फाल्गुण २३ २०७७

  • 1.2K
    SHARES

  • चीनको निर्यात  ब्यापार : "विगत दुई दशकमै सबैभन्दा बढी ,  ५०.२ प्रतिशतले  वृद्धि"

    बेइजिङ, फागुन । कोरोना भाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ ।

    साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ । इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ ।

    गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ । प्राप्त विवरण अनुसार, गत वर्ष निर्यातमा १७ प्रतिशत र आयातमा ४ प्रतिशत न्यून भएको थियो ।

    चिनियाँ भन्सार प्रशासनका अनुसार इलेक्ट्रोनिक्स सामानको निर्यात ५४.१ प्रतिशत तथा टेक्स्टाइलको निर्यात ५०.२ प्रतिशतले बढेको छ ।

    चीनको समग्र ब्यापार बचत एक खर्ब ३ अर्ब ३० करोड डलर रहेको भन्सार प्रशासनको भनाई छ । अमेरिकासँगको ब्यापार बचत पनि गत वर्षको तुलनामा दोब्बर अर्थात् ५१ अर्ब ३० करोड डलर पुगेको छ ।

    आइतवार, फाल्गुण २३ २०७७०२:११:२०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार