Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

भारत : 'चौबीस घण्टामा १६ हजारभन्दा बढी सङ्क्रमित'

भारत : 'चौबीस घण्टामा १६ हजारभन्दा बढी सङ्क्रमित'

शनिवार, फाल्गुण २२ २०७७

  • 1.2K
    SHARES

  • भारत :  'चौबीस घण्टामा १६ हजारभन्दा बढी सङ्क्रमित'

    नयाँदिल्ली, फागुन । भारतमा गत २४ घण्टामा १६ हजार ८३८  कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ७३ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

    भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ को मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ५४८  पुगेको छ ।

    हाल भारतमा एक लाख ७६ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख ३९ हजारभन्दा बढी कोराना मुक्त भएका छन् ।

    भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम शुरु भएको थियो । भारतमा गत सोमबारबाट ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम शुरु भएको छ ।

    त्यसैगरी, दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप शुरु छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषद््ले मङ्गलबारसम्म देशभर २१ करोड १ लाखको हाराहारीमा नमूना परीक्षण गरेको छ ।

    शनिवार, फाल्गुण २२ २०७७०९:००:२२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार