Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

नेपाल–चीन नाका : ' रसुवागढी आजबाट सञ्चालनमा आउँदै'

नेपाल–चीन नाका : ' रसुवागढी आजबाट सञ्चालनमा आउँदै'

शुक्रवार, फाल्गुण २१ २०७७

  • 1.3K
    SHARES

  • नेपाल–चीन  नाका  : ' रसुवागढी आजबाट सञ्चालनमा आउँदै'

    काठमाडौं, फागुन । ल्होसारका कारण बन्द नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको रसुवा भन्सार कार्यालयले जनाएकाे छ । 

    भन्सार कार्यालयका अनुसार,  नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको जनाइएकाे छ ।   नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।

    भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए ।

    यो वर्ष कोभिड तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा धेरै पटक अवरोध देखिएको छ । नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने दुईवटै नाका (रसुवागढी र तातोपानी) बाट अहिले पनि कोटा प्रणालीमा माल वस्तु आयात मात्रै हुने गरेको छ । चिनियाँकै कारण दुवै नाका भएर हुने निर्यात ठप्प छ ।

    शुक्रवार, फाल्गुण २१ २०७७०८:३९:३४

    डेमो खबर

    सम्बन्धित समाचार