Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

अष्ट्रेलिया : ' गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत पैसा तिर्नुपर्ने '

अष्ट्रेलिया : ' गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत पैसा तिर्नुपर्ने '

बिहिवार, फाल्गुण १३ २०७७

  • 1.3K
    SHARES

  • अष्ट्रेलिया : ' गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत पैसा तिर्नुपर्ने '

    काठमाडौं, फागनु । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नुपर्ने कानुन पारित गरेको छ । यस्तो कानुन परित गर्ने अष्ट्रेलिया विश्वमा पहिलो देश भएको छ ।

    सो कानुनको अमेरिकी प्रविधिसम्बन्धी ठूला कम्पनीले विरोध गरेका छन् । गत हप्ता फेसबुकले सबै समाचार सामग्रीमाथि रोक लगाएको थियो र यस हप्ता उसले सरकारसँगको छलफलपछि सो निर्णयलाई उल्टाएको थियो ।

    सो छलफलपछि उक्त नयाँ कानुनमा केही सुधार गरी फेसबुक र गुगललाई बाध्य नबनाउने खालका प्रावधान राखिएको छ ।

    तर पनि दुबै कम्पनीले अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई सो कानुनको दायरा बाहिरबाटै ठूलै मात्रामा रकम दिन प्रतिबद्ध भएका छन् । यस किसिमको समझदारीलाई गुगल र फेसबुकले सम्झौता गरेको रुपमा हेरिएको छ ।

    बिहिवार, फाल्गुण १३ २०७७०४:५५:०४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार