Logo

आइतवार, फाल्गुण २३ २०७७Mar 07 2021

images
कांग्रेसभित्र ‘हिन्दूराष्ट्र’को पक्षमा बहसको थालनी

१४औं महाधिवेशन : "‘हिन्दूराष्ट्र’ को एजेण्डा पहिलो प्राथमिकतामा पर्ने !"

१४औं महाधिवेशन : "‘हिन्दूराष्ट्र’ को एजेण्डा पहिलो प्राथमिकतामा पर्ने !"

मंगलवार, फाल्गुण ११ २०७७

  • 861
    SHARES

  • १४औं महाधिवेशन : "‘हिन्दूराष्ट्र’ को एजेण्डा पहिलो प्राथमिकतामा पर्ने !"

     

    पोखरा, फागुन । नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनले हिन्दूराष्ट्र पुनःस्थापनाको प्रस्ताव पारित गर्ने  नेताहरुले बताएका छन् ।  हिन्दूराष्ट्र पुनःस्थापनामा नेपाली कांग्रेसको भूमिका विषयक पोखरामा आयोजित छलफल कार्यक्रममा  सहभागी नेताले भने,  देश जोगाउन र कांग्रेसले आफूलाई राष्ट्रवादी पार्टीको रुपमा प्रमाणित गर्न  हिन्दूराष्ट्र पुनःस्थापनाको पक्षमा उभिनुपर्नेमा जोड दिएका छन । 

    नेपाली का.ग्रेसका सहभागी नेता  शंकर भण्डारीले भने,  कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले सनातन धर्म, संस्कारलाई वेवास्ता गरिनु दुःखद् रहेको उल्लेख गर्दै भने,  हिन्दूराष्ट्रको विपक्षमा उभिनु विडम्वना  हो । 

    काँग्रेसले सधै वीपीको नाम बेचेरे खाने गरिएको भन्दै नेता भण्डारीले आक्रोश व्यक्त गरे । उनले प्रश्न गरे, ‘वीपीले कहाँ धर्म निरपेक्षता र संघीयता भनेका छन् ?’ धर्म र संस्कार बिर्सिदा पार्टीमा अनुशासन, मर्यादा र जिम्मेवारीपन पनि  हराउँदै गएको नेता भण्डारीको भनाइै थियो ।  

    भारतको स्वतन्त्रता आन्दोलनमा सन्तमहन्त, योगी र जोगीको भूमिकालाई नबिर्सन नेता भण्डारीले आग्रह गरे । 

    धर्म, संस्कार, संस्कृति र राष्ट्रका लागि आफूले जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको पूर्व मन्त्रीसमेत रहका नेता भण्डारीले उद्घोष गरे ।अर्का नेता देवेन्द्रराज कंडेलले सनातन हिन्दू राष्ट्रलाई रातारात अपहरण गरिएको भन्दै यो कुरा कुनै पनि नेपाली नागरिकलाई पनि  चित्त नबुझेको बताए ।

    धर्म, संस्कार र संस्कृति जोगाउने हो भने राष्ट्रमा कुनै संकट नआउने भन्दै उनले अब कांग्रेसले जनताको साथ लिएर हिन्दूराष्ट्रकै पक्षमा उभिने स्पष्ट पारे ।

    जनभावना कदर गर्न नसक्ने हो भने कांग्रेस लोकतान्त्रिक पार्टी हुन नसक्ने जिकिर गर्दै नेता कंडेलले पार्टीको अबको प्राथमिकता हिन्दूराष्ट्र नै भएको स्पष्ट पारे ।

    उनले कुर्ची हल्लिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली भगवान पशुपतिनाथको शरणमा पुगेको टिप्पणी गरे । उनले भने, ‘यो प्रधानमन्त्रीको नाटक मात्र हो । हिन्दूको भावनामाथि खेल्ने प्रयत्न गरेका हुन् ।’ 

    हिन्दूराष्ट्रका लागि अबको एकमात्र विकल्प भनेको जनमत संग्रह नै भएको उनको जिकिर छ । 

    अब सनातन हिन्दूराष्ट्रका लागि एकतावद्ध हुन आवश्यक रहेको भन्दै नेता कंडेलले कतै कतैबाट राजासहितको हिन्दूराष्ट्रको आवाज उठाइएकोले यो सम्भव नभएको ठोकुवा गरे । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले मुखले धेरैले हिन्दू हुँ भन्ने गरे पनि व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गरे । 

    धर्म सापेक्ष मुलुकका लागि कांग्रेस अघि बढ्नुको विकल्प नरहेको भन्दै नेता शर्माले हिजो राजा हुँदा हिन्दूराष्ट्र हुने तर राजा नहुँदैमा धर्म निरपेक्ष हुनु बिडम्वना भएको बताए । 

    कांग्रेसको १४औं महाधिवेशनको मुख्य मुद्धा हिन्दूराष्ट्र नै हुनुपर्ने भन्दै नेता शर्माले यसका लागि दह्रोसंग उभिन नेतालाई आग्रह गरे ।

    आयोजक संस्था विश्व हिन्दू महासंघ कास्कीकी अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस नेता लालगोपाल अर्याल, महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खराल र महासंघ कास्कीका सचिव कमल पौडेलले बोलेका थिए । 

    हिन्दूराष्ट्र पुनःस्थापना महाअभियान पोखराबाट शुरु :
    विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले हिन्दूराष्ट्र पुनःस्थापना महाअभियान पोखराबाट शुरु भएको घोषणा गरे । यो अभियान देशव्यापी हुने र कांग्रेस मात्र होइन सबै पार्टीसंग हिन्दूराष्ट्रबारे धारणा बुझ्ने बताए । 

    सबै ओमकार परिवारलाई एकतावद्ध र गोलबन्द गर्दै हिन्दूराष्ट्र घोषणा गरेरै छाड्ने उनले उद्घोष गरे । उनले भने, ‘हाम्रो एकमात्र उद्देश्य भनेको नेपालको संविधानमा ‘धर्म निरपेक्ष मुलुक’ लेखिएको छ, उक्त स्थानमा ‘धर्म सापेक्ष मुलुक’ भनेर सच्याउने हो ।’

    राजा र हिन्दूराष्ट्र फरक कुरा भएको स्पष्ट पार्दै अध्यक्ष अधिकारीले भने, ‘केही पक्षबाट राजासहितको हिन्दूराष्ट्रको कुरा आएका छन् । राष्ट्र र राष्ट्रियता, सनातन धर्म संस्कृति र लोकतन्त्र आफूहरुको सिद्धान्त भएको भन्दै उनले आफूहरुको यो सिद्धान्तमा राजा अटाउन नसक्ने ठोकुवा गरे । 

     

    मंगलवार, फाल्गुण ११ २०७७११:४२:५१

    डेमो खबर

    सम्बन्धित समाचार