Logo

आइतवार, फाल्गुण २३ २०७७Mar 07 2021

images

प्रधानमन्त्री ओली : 'बोलाए आज सुरक्षा परिषद बैठक '

प्रधानमन्त्री ओली : 'बोलाए आज सुरक्षा परिषद बैठक '

मंगलवार, फाल्गुण ११ २०७७

  • 637
    SHARES

  • प्रधानमन्त्री  ओली :  'बोलाए आज सुरक्षा परिषद बैठक '

    काठमाडौँ, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्ने छ ।

    परिषदका सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले यो बैठकलाई नियमित भएको सञ्चारकर्मीलाई बताएका छन ।   उनले आजको बैठकबाट निर्णय गर्नुपर्ने खास एजेण्डा नभएको बताएका छन् ।

    यद्यपि कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका छन् । खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ ।

    देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकता अनुसार बैठक बस्ने गर्दछ । आज बैठक बोलाउनुको उद्देश्य भने खुलेको छैन । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।

    प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।

    मंगलवार, फाल्गुण ११ २०७७०८:५६:१३

    डेमो खबर

    सम्बन्धित समाचार