Logo

आइतवार, फाल्गुण २३ २०७७Mar 07 2021

images
अमेरिकी विदेशमन्त्री एन्टोनी

अमेरिका : "विश्व नेतृत्व गर्न फर्किएको छ, पूर्व राष्ट्रपति ट्रम्पको कैयौ निर्णयलाई उल्टाइए"

अमेरिका : "विश्व नेतृत्व गर्न फर्किएको छ, पूर्व राष्ट्रपति ट्रम्पको कैयौ निर्णयलाई उल्टाइए"

सोमवार, फाल्गुण १० २०७७

  • 609
    SHARES

  • अमेरिका  : "विश्व नेतृत्व गर्न फर्किएको छ, पूर्व राष्ट्रपति  ट्रम्पको कैयौ निर्णयलाई उल्टाइए"

    वासिङ्टन, फाल्गुन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताउनु भएको छ ।

    महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षा जस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्णरूपमा संलग्न रहेको उहाँले बताउनुभएको हो ।

    बीबीसीलाई भएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिनु भएको बताइएको छ ।

    सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गर्नुभएको समाचारमा जनाइएको छ ।

    अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आउनुभएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ निर्णयलाई उल्टाइएको छ ।

    सोमवार, फाल्गुण १० २०७७१२:५३:१६

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार