Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

'निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ' : अध्यक्ष थापा

'निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ' : अध्यक्ष थापा

आइतवार, फाल्गुण ९ २०७७

  • 597
    SHARES

  • 'निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ'  : अध्यक्ष थापा

    दमक,  फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

    मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, “ निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ । ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।”

    नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उहाँको भनाइ थियो ।

    उहाँले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने पनि बताउनुभयो ।

    आइतवार, फाल्गुण ९ २०७७०९:३६:२६

    डेमो खबर

    सम्बन्धित समाचार