Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

सिरहा : 'पाँच हजारले लगाए कोरोना विरुद्धको खोप'

सिरहा : 'पाँच हजारले लगाए कोरोना विरुद्धको खोप'

आइतवार, फाल्गुण ९ २०७७

  • 401
    SHARES

  • सिरहा :  'पाँच हजारले लगाए कोरोना विरुद्धको खोप'

    सिरहा, फागुन।  सिरहामा पाँच हजार ३५३ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालित खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा तीन हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ ले खोप लगाएका हुन् ।

    सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

    खोप लगाउनेमा स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी तथा निजामती कर्मचारी र जनप्रतिनिधि रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    आइतवार, फाल्गुण ९ २०७७०९:३२:१५

    डेमो खबर

    सम्बन्धित समाचार