Logo

आइतवार, फाल्गुण २३ २०७७Mar 07 2021

images

महामन्त्री डा. कोइरालाले भने : ‘ ओलीजीले चुनाव गराउनु हुन्न "

महामन्त्री डा. कोइरालाले भने : ‘ ओलीजीले चुनाव गराउनु हुन्न "

आइतवार, फाल्गुण ९ २०७७

  • 713
    SHARES

  • महामन्त्री डा.  कोइरालाले भने :  ‘ ओलीजीले चुनाव गराउनु हुन्न "

    काठमाडौं,  फागुन। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने बताएका छन् ।

    त्रिभुवन विश्वविद्यालयमा १९ दिनदेखि जारी नेपाल विद्यार्थी संघको अनशनसहितको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका डा. कोइरालाले सत्तारुढ नेकपाको विवादकै कारण निर्धारित मितिमा चुनाव हुन नसक्ने ठोकुवा गरेका हुन् ।

    वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने भन्दै महामन्त्री कोइरालाले कांग्रेसले आफ्नो ध्यान आगामी भदौका लागि तय भएको महाधिवेशनमा केन्द्रित गर्नुपर्ने बताए । कोइरालाले भने, ‘मलाई लाग्छ ओलीजीले चुनाव गराउनुहुन्न ।

    उहाँले तय गरेको मितिसम्म चुनाव हुँदैन ।’ संसद विघटन विरुद्ध संघर्ष गर्न आवश्यक रहेको तर कांग्रेसले कम्युनिष्टहरूसँग मिलेर आन्दोलन गर्न नहुने उनको भनाइ थियो ।

    आइतवार, फाल्गुण ९ २०७७०८:३९:४८

    डेमो खबर

    सम्बन्धित समाचार