Logo

आइतवार, फाल्गुण २३ २०७७Mar 07 2021

images

पाकिस्तान : "सुरक्षा जाँच चौकी आक्रमण, पाँच सैनिकको मृत्यु"

पाकिस्तान : "सुरक्षा जाँच चौकी आक्रमण, पाँच सैनिकको मृत्यु"

शुक्रवार, फाल्गुण ७ २०७७

  • 629
    SHARES

  • पाकिस्तान :  "सुरक्षा जाँच चौकी आक्रमण,  पाँच सैनिकको मृत्यु"

    इस्लामाबाद, फाल्गुन । पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक गम्भीर घाइते भएका छन् ।

    सेनाले उक्त इलाकामा थप सैनिक परिचालन गरी आक्रमणकारीको खोजी कार्यलाई तिब्र बनाएको जनाएको छ । उक्त आक्रमणको जिम्मेवारी पाकिस्तानी तेहरिक–ए–तालिबानीले लिएको छ ।

    अफगानिस्तानसँग सीमा जोडिएको दक्षिणी वजिरिस्तान हतियारधारी विद्रोहीहरुको गढका रुपमा चिनिन्छ । तर सरकारले व्यापक सैनिक परिचालन गरी त्यस क्षेत्रमा सक्रिय विद्रोहीलाई निस्तेज बनाउँदै लगेको छ ।

    तैपनि, विद्रोहीहरुले बेलाबखत उक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् । यसै महिनाको शुरुमा पनि दक्षिणी वजिरिस्तानमा सुरक्षाफौज र लडाकूबीच गोली हानाहान भएको थियो । उक्त घटनामा चार जना विद्रोही र चार जना सैनिकको ज्यान गएको थियो ।

    शुक्रवार, फाल्गुण ७ २०७७०६:३७:४९

    डेमो खबर

    सम्बन्धित समाचार