Logo

आइतवार, फाल्गुण २३ २०७७Mar 07 2021

images

‘पिर्जाभियरेन्स मार्स रोभर’ : "आज मंगल ग्रहमा सफल अवतरण"

‘पिर्जाभियरेन्स मार्स रोभर’ : "आज मंगल ग्रहमा सफल अवतरण"

शुक्रवार, फाल्गुण ७ २०७७

  • 1.9K
    SHARES

  • ‘पिर्जाभियरेन्स मार्स रोभर’  : "आज  मंगल ग्रहमा सफल अवतरण"

    काठमाडौं, फागुन । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो ।

    ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरु खुसीले उफ्रिएका थिए ।

    यो यानलाई मंगल ग्रहमा सफल अवतरण गराउनु नै सबैभन्दा ठूलो चुनौती ठानिएको थियो । सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको संकेत खोजी गर्ने छ ।

    यो मिसनलाई नासाको सबैभन्दा महात्वाकांक्षी योजनाको रुपमा लिइएको छ । यसले मंगल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौं वर्ष पहिले माइक्रो–अर्गानिज्मको कुनै पनि चिह्न वा गतिविधिको पनि अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।

    शुक्रवार, फाल्गुण ७ २०७७०८:५९:२१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार