Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images
अन्तरिक्ष विज्ञान

यूनाइटेड अबर एमिरेट्स (यूएई) : 'अन्तरिक्ष यान मङ्गलबार मङ्गल ग्रहमा अवतरण गर्दै"

यूनाइटेड अबर एमिरेट्स (यूएई) : 'अन्तरिक्ष यान मङ्गलबार मङ्गल ग्रहमा अवतरण गर्दै"

आइतवार, फाल्गुण २ २०७७

  • 1.8K
    SHARES

  • यूनाइटेड अबर एमिरेट्स (यूएई)  :  'अन्तरिक्ष यान मङ्गलबार मङ्गल ग्रहमा अवतरण गर्दै"

    एजेन्सी
    काठमाडौं, माघ। अन्तरिक्ष विज्ञानमा यूनाइटेड अबर एमिरेट्स(यूएई) ले इतिहास बनाउन लागेको छ । सात महिना अघि पृथ्वीबाट प्रक्षेपण गरिएको अन्तरिक्ष यान मङ्गलबार मङ्गल ग्रहको कक्षमा अवतरण गर्दैछ । उक्त अभियानको ‘आशा’ नाम दिइएको छ ।
    हाल उक्त यान एक लाख २० हजार किलोमिटर प्रति घण्टाको दरले घुमिरहेको छ । मङ्गल ग्रहको गुरुत्वाकर्षणसँग मेल खाने गरी ब्रेकिंग इन्जिन छुट्टाउन अन्तरिक्ष यानले २७ मिनेटसम्म प्रयत्न गर्नेछ । र उक्त कार्यमा सफलता पाएपछि मङ्गल ग्रहको जलवायु अध्ययन गर्ने विश्वास गरिएको छ ।
    परियोजना निर्देशक ओमरान शर्राफले भन्नुभयो, “हामी अत्यन्तै जटिल चरणमा पुग्दैछौं, यस चरणले नै हामी मङ्गल पुग्यौं वा पुगेनौं निर्धारण गर्नेछ र हामीले विज्ञानलाई सफलतापूर्बक सञ्चालन गर्न सक्यौं सकेनौं निक्र्योल गर्नेछ ।”


    बीबीसी न्यूजसँगको कुराकानीमा उहाँले भन्नुभयो, “हामी बिस्तारै गए मङ्गलमा क्रयाश हुन्छौं, छिटो गए मङ्गलबाट उछिट्टिने छौं ।” रातो ग्रहको उपनाम पाएको मङ्गलमा यसै महिना पुग्न लागेको आशा तेस्रो अन्तरिक्ष यान हुनेछ । बुधबार नै चिनियाँ ताइवान–१ ले समेत मङ्गल टेक्ने प्रयास गर्दैछ । त्यसैगरी, अमेरिकी ठूलो अन्तरिक्ष यान नौ दिनपछि मङ्गल टेक्नेछन् ।


    उक्त अन्तरिक्ष यानको नियन्त्रण तथा सञ्चालन दुबईस्थित मोहम्मद बिन राशिद अन्तरिक्ष केन्द्रबाट गरिदैछ । मङ्गल र पृथ्वीबीचको दूरी १९ करोड किलोमिटर रहेको छ ।
    आशाको तौल करिब एक हजार ३५० किलोग्राम छ । जसमध्ये करिब आठ सय किलोग्राम इन्धन प्रयोग गरिएको छ । इन्धनको पचास प्रतिशत मात्रा मङ्गलबार मात्रै खपत हुनेछ ।


    यूएई स्थापनाको पचास वर्ष पुगेको अबसर पारेर उक्त मिसनको सुरुवात छ वर्ष अघि गरिएको थियो ।
    मङ्गल ग्रहमा सफलतापूर्बक अवतरणपछि यानले उपलब्ध गराउने जानकारीबाट वैज्ञानिकले मङ्गलको जलवायुबारे अवगत् हुनेछन् । त्यससँगै ऊर्जा र तत्वहरु अक्सिजन र हाइड्रोजन वायुमण्डलमा चलायमान हुने प्रकृयाबारे समेत थाहा हुनेछ ।

    एजेन्सी

     

    आइतवार, फाल्गुण २ २०७७०९:५५:०१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार