Logo

आइतवार, फाल्गुण २३ २०७७Mar 07 2021

images
संसदीय अभ्यासको ब्यवहारीक समीक्षा  

नेपालमा कम्युनिष्ट :  “बहुदलीय ब्यवस्था र संसदीय पद्धत्ती आत्मसात गर्ने सिद्धान्त ‘जनताको' ”

नेपालमा कम्युनिष्ट :  “बहुदलीय ब्यवस्था र संसदीय पद्धत्ती आत्मसात गर्ने सिद्धान्त ‘जनताको' ”

आइतवार, मंसिर ७ २०७७

  • 3.0K
    SHARES

  • नेपालमा कम्युनिष्ट :  “बहुदलीय ब्यवस्था र संसदीय पद्धत्ती आत्मसात गर्ने सिद्धान्त ‘जनताको' ”

     

     

    बिश्वका सबै देशको बिकास त्यसै देशका आफनै नागरिकले गर्ने हुन । अमेरिकी जनताले स्थानीय स्वशान र स्वतन्त्रताका निम्ति कोलोनियल साम्राज्यवादी केन्द्रिकृत बेलायती शासनबिरुद्ध बिद्रोह गरेर आफ्नो देशलाई स्वतन्त्र देश बनाए । अमेरिका स्वतन्त्र भएपछि, उत्तर र दक्षिण राज्यका नागरिक बिभाजित मानसिकताले गर्दा द्घन्द भयो, गृह युद्ध भयो । अन्त्यमा फेरि एकता भयो । 
    नागरिकबीचको आपसी एकता र अपनत्वले मात्र देश बन्दछ भन्ने पाठ अमेरिकाको ईतिहांसबाट सिक्न सकिन्छ । स्वच्छ र स्वस्थ्य राजनीतिले देशको मूल नीति तय गर्दछ । भनिन्छ सबै नीतिको मूलनीति ‘राजनीति’ हो । सबै अंगहरुको मूल अंग गिदी वा बुद्धि स्वस्थ्य भए पो अन्य अंग स्वस्थ्य हुन्छन । मुहान शुद्ध भए नदी शुद्ध हुन्छ । राजनीति स्वस्थ भए पो देशमा समृद्धि आउँछ र देशको प्रतिष्ठा बढ्छ भन्ने विभिन्न दृष्तान्त भेटिन्छन । 


    आप्रबासीको देश अमेरिका :

    अमेरिका उमेरको हिसावले नेपालभन्दा धेरै कान्छो देश हो । अमेरिका १७८३ मा मात्र स्वतन्त्र भएकाले यसको उमेर ३०० साल पनि पुगेको छैन । आप्रवासीको बसोबासले बनेकाले अमेरिकालाई ‘ईमिग्रेन्ट वा आप्रवासीहरुको देश’ पनि भनिन्छ । यथार्थमा, अमेरिकाको पूर्वी भूभागमा बेलायतले भारतलाई जस्तै कोलोनी बनाएको थियो । 
    सन् १६०० देखि १७३२ सम्म अमेरिकामा बेलायती कोलनी बन्ने क्रम चलेको थियो । सन १६०७ मा  भर्जिनियामा शूरु भएको पहिलो कोलोनी स्थापना भयो । एक कोलनी पछि अर्को गर्दै, बेलायतले अमेरिकामा कोलनी थप्दै गए । सन् १७३२ सम्ममा अमेरिकाको पूर्वी भूभाग वा एटलान्टिक सागर भूभागमा १३ वटा बेलायती कोलनी स्थापना भैसकेका थिए । त्यसैको हाराहारीको कालखण्डमा नेपालमा पृथ्वीनारायण शाहले सन १७२३ — १७७५०, रक्तपातयुक्त युद्ध गर्दै नेपालका त्यसताकाका साना – साना संघीय राज्यलाई परास्त गर्दै नेपालको  भौलिक एकिकरणबाट गोरखा राज्य बिस्तारसहित  केन्द्रिकृत शासनको शुरुवात थालेका थिए ।

    अमेरिकन क्रान्ति, स्वतन्त्र देशको स्थापना :
    अमेरिकास्थित बेलायतको अधिनमा रहेको यी १३ कोलोनीमा बेलायतबाट शासन चल्दथ्यो । सजाय पाउन योग्य, आफ्नो देशका दोश्रो दर्जाका नागरिकलाई बेलायतले आफना विभिन्न कोलनीतिर उतै बसोबास गर्ने गरि  पठाउदथ्यो । अमेरिकास्थित बेलायती कोलनीमा यसरी बेलायती नश्लका जनताको जमात पनि क्रमैसंग बढ्दै गयो । यहि जमातले बिस्तारै बिस्तारै मूल मूहान देश, बेलायतको अधिनायकवादी केन्द्रिय हूकूमी शासनको बिरुद्धमा, स्थानीय स्वतन्त्रताको निम्ति, १७७६ देखि १७८३ बिद्रोह गरे, जसलाई, अमेरिकन क्रान्ति भनिन्छ । सन १७८३ मा अमेरिकालाई बेलायतको कोलोनी शासन र दासत्वबाट मूक्त भएर अमेरिका एक स्वतन्त्र देश, युनाईटेड स्टेट्स अफ अमेरिका भयो ।

    दासप्रथाको समर्थन र बिरोधमा अमेरिकामा गृहयुद्ध :
    अमेरिकाको उत्तरी राज्यको चेतनाकोस्तरमा उदारीकरण, आधूनिकरण र औद्योगीकरणले छोईसकेको तर अमेरिकाको दक्षिणी राज्यहरुमा दासप्रथा जस्ता सामाजिक कूरितीहरु प्रचलनमा थियो । जनचेतना र सामाजिक,  आर्थिक महत्व, मूल्य मान्यताले पनि उत्तर तथा दक्षिणी राज्यहरु विभाजित थिए । यस्तो बिभाजनको आगोमा घिउ थप्ने गरि उत्तर राज्यतर्फका रिपब्लिकन पार्टिका एक नेता, जेम्स ब्राउनले काला रंगका दास समूदायलाई मालिकहरुको बिरुद्ध बिद्रोह गर्न उक्साउदै बन्दुकसमेत उपलब्घ गराउने अभियान चलाएका थिए । त्यसपछि, अमेरिकामा, दासप्रथालाई निरन्तरता दिन चाहने दक्षिणी राज्यतर्फ जमात र दाशप्रथा हटाउन चाहने उत्तर राज्यका जमातको बीचमा १८६१ देखि १८६५ सम्म, ७ लाखको ज्यान जाने गरी र १५ लाखभन्दा बढि घाईते हुने गरि गृहयुद्ध भयो र यो ४ बर्षसम्म लगातार चलेको थियो ।
    अमेरिकामा दाशप्रथाको अन्त्य ः
    मानव – मानवबीचको शोषण र असमानतालाई भित्री दिलबाटै नरुचाउने ब्यक्ति अब्राहाम लिंङकनले दासप्रथा जस्ता विभेदलाई उन्मूलन गरेर, स्वतन्त्रता, सामाजिक न्याय (जस्टिस) वा समानता र प्रजातन्त्र (लोकतन्त्र) को जगमा राष्ट्रिय एकता बलियो बनाउने राजनीतिक अभियानले उनलाई अमेरिकाको १८६० को  निर्वाचनमा, १६औ राष्ट्रपति बनायो । दासप्रथाको निरन्तरताको मुद्धा लिएर लडेका डेमोक्रेटिक पार्टीबाट डग्लस, रिपब्लिकन पार्टीका अब्राहाम लिंङकलसँगको  प्रतिस्पर्धामा हारेका थिए ।


    मेरिकाका अब्राहाम लिंङकनल र नेपालमा जंगबहादुर राणा समकालीन नेता र  भिन्नता : 

    आजभन्दा करिब डेढसय बर्ष पहिला अमेरिकाका १६औ राष्ट्रपति, अब्राहाम लिंङकनको सोच र शासन शैलीको तुलनमा नेपालका त्यसताकाका प्रधानमंन्त्री जंगबहादुर राणाको सोच र शासनशैली ठिक बिपरित थिए । नेपालको जंगबहादुर राणाको शासनले नेपालमा अध्यारो कालको शुरुवात गराएको थियो भने अमेरिकामा अब्राहाम लिंङकनको शासनकालले त्यहाँ उज्यालो युगको शुरुवात गरेको थियो । किनभने, नेपालमा जंगबहादुर राणाले दासप्रथा, जाति बर्ण प्रथा, सतिप्रथालाई संस्थागत गराउदै थिए भने उता अमेरिकामा दाशप्रथा र बिभेध बिरोधी शासक अब्राहाम लिंङकनले, राष्ट्रपति पदमा निर्बाचित भएर दाशप्रथाको अन्त्य गरेका थिए । उनले अमेरिकामा उज्यालो यात्रा शुरुवात गराए तर त्यसैताका, नेपालमा जंगबहादुर राणाले जात बर्णाश्रम, छुवाछुत, दाशप्रथा, सतिप्रथा जस्ता कुरिती र कुसंस्कारको ओरालो यात्रा शुरु गराएका थिए, जस्को कालो छायांले नेपाली समाजलाई अहिलेसम्म पिरोलीरहेको छ ।

    अमेरिकामा उज्यालो र नेपालमा अन्धकार युगको शुरुवात :

    तत्कालिन समयको अमेरिकामा बिद्यमान रहेको दासप्रथा वा मानवले मानवमाथि गरिने शोषणबिरुद्ध सामाजिक न्याय (जस्टिस), स्वतन्त्रता, समानता र प्रजातन्त्र (लोकतन्त्र) निम्ति अमेरिकाको १६ औ राष्ट्रपति, अब्राहाम लिंङकनलको प्रतिवद्धता, सपर्णण र उनको अभियानको सफलता नै अमेरिकाको समृद्धि र प्रतिष्ठाको सूत्र साबित भयो । 
    मानव ंस्वतन्त्रता, समानता र प्रजातन्त्रका पक्षपाती नेता, अब्राहाम लिंङकल र उन्को राजनीतिक दल रिपब्लिकन पार्टीको उदय र अमेरिकाको आन्तरिक गृहयुद्धको समाप्तिको श्रेय पनि अब्राहाम लिंङकललाई नै जान्छ ।
     त्यस अवधिमा, नेपालमा सन १८४६ देखि १८७७ सम्म जंगबहादूर राणाको शासनकालमा परंपरागत रुढिवादी, उच्च जात नश्लवाद, जातिवाद, दासप्रथा, सतिप्रथा जस्ता बिभेदकारी संस्कारलाई कानूनी रुपमा संस्थागत बनाउने शासक जंगबहादूर राणा उदाएका थिए । 
    त्यसै अवधिकाल, १८५० देखि १८६०, सम्म अमेरिकामा, अब्राहाम लिंङकलले, नो हाफ स्लेभ हाफ फ्रि भन्दै, दासप्रथा उन्मूलन गर्ने अभियान चलाएका थिए । अब्राहम लिंङकलले आफ्ना् राष्ट्रपतीइ कार्यकालमा, अमेरिकामा सन १९६५ मा दाशप्रथा उन्मूलन गराउने ‘स्लेभरी मेड ईललिगल’ वाक्य राखेर अमेरिकन संबिधानको १३ औ संशोधनलाई अनुमोदन गराए । 
    त्यसको बदलामा दासप्रथाको निरन्तरता चाहने ब्यक्तिबाट उन्को हत्या भयो । तथापि, अब्राहाम लिंङकलको अनवरत संघर्ष र बलिदानले गर्दा, त्यस ताकाका अन्य राजनीतिक प्रतिस्पर्धी दलहरु डेमेक्रेटिक पार्टी, रिपब्लिकन पार्टीसँग सदियौंसम्म प्रतिस्पर्धा गर्नै नसक्ने गरि ढलेका थिए ।
    बिडम्बना अब्राहाम लिंङकलको त्यहि रिपब्लिकन पार्टीको हालका नेता, आउट गोईङ प्रेसिडेन्ट डोनाल्ड ट्रम्प निकम्मा, नश्नवादी साबित भएर असफल भएका छन । दोश्रो कार्यकालमा, डेमोक्रेटिक पार्र्टीका उमेदवा, जो बाईडेनसँग नराम्रोसँग हारे । त्यसैले, राजनीतिक नेताको सोच र शैली र ब्यवहार, त्यस देश र जनताको हितमा छ वा छैन वा समसामयिक सामाजिक मुद्धालाई सम्बोधन गर्ने ठोस बैज्ञानिक आधारसहितको क्षमता छ छैन भन्ने कुराले ठूलो अर्थ राख्दछ भन्ने यहाँ प्रष्ट हुन्छ ।

    अव आधुनिक नेपाललाई हेरौ :
    हालको राजनीतिक परिवेशलाई हेर्दा नेपालका पुराना राजनीतिक दलमध्ये नेपाली कांग्रेसप्रतिको जनताको बितृष्णता, नेकपाभित्रको भद्रगोल अवस्था, नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमंन्त्री कार्यकालको कार्य क्षमताबारे सोही पार्र्टी नेकपाका अर्का अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेजमा उल्लेख गरेका केपी ओली सरकारको गलत नियत र असक्षमताको बिवरण हेरौ । 
    कोरोना महामारी नियन्त्रणमा असक्षमता, कैयौं भ्रष्ट्रचारका काण्डैकाण्डले ब्यक्तिवादी चरित्र प्रदर्शन गर्छ कि देश र जनताको भलाईको रक्षा गर्छ सोच्नुपर्ने बेला आएको छ ।

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल वाक्य हटाउने निर्णयले अग्रगमण पुष्टि गर्छ कि प्रतिगमण भनेर घोत्लिने समय आएको छ । यस्तो निर्णयले जनताको स्वभिमान, स्वतन्त्रता र लोकतान्त्रिक अधिकार घटाउछ कि बढाउछ ? सोच्नैपर्ने भएको छ । यति मात्र होईन, भारतीय खुफिया प्रमुखसँगको गोप्य बार्ताले देशको प्रतिष्ठा बढाउँछ कि घटाउछ होला जोड घटाउ गर्नुपर्ने भएको छ । 
    चुचे नक्शा बुच्चे बनाउँदा जनताले ताली दिन्छ कि गाली  सोच्नैपर्ने भएको छ । केपी ओलीले दर्शन शास्त्र, समाजशास्त्र, ईतिहांस, ज्ञान, बिज्ञान पढ्न नपाए पनि, उनका सहयोगी, अनुयायिहरुसँग यस्ता सामान्य ज्ञानबारे  अन्तरकृया, छलफल हुने नगरेको होकि ? भन्ने प्रश्न एठेको छ ।
    किनभने नेकपाभित्र जे जस्ता आन्तरिक बिवाद, द्घन्द भएता पनि देशकै प्रधानमंन्त्रीले गैर जिम्मेवारिपूर्ण ब्यावहार गर्ने, देशको प्रतिष्ठामा आंच आउने र आम जनताको कल्याण नगर्ने छुट कदापी पाउने छैन । सबैले गहिरोसंग सोच्ने बेला आएको छ ।

     

    आइतवार, मंसिर ७ २०७७०३:२३:०६

    डा.के.के.राई

    सम्बन्धित समाचार