प्रेमिल शैलीको यस गीतमा उमेशराज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा दिपेश राई , भीमा राई र बिष्णु मगरको अभिनय देख्न सकिन्छ। मणि राईले कोरियोग्राफी गरेको भिडियोलाई नितेश लामा ( नियोन ) ले छायांकन तथा सम्पादन गरेका हुन्। देवान के राई र मन्जु राईको लगानी रहेको यस भिडियोलाई चक्र पुलामीको निर्देशनमा तयार पारिएको हो।
सानैदेखि गीत संगीतमा रुचि राख्ने गायिका भीमा राईको पहिलो प्रयास स्वरूप सार्वजनिक गरिएको भिडियोलाई माया गरिदिन गायिका राईले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन्