images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images

चालक हत्या  : ' तीनजना आरोपी सार्वजनिक'

चालक हत्या  : ' तीनजना आरोपी सार्वजनिक'

शुक्रवार, पौष ३० २०७८

  • 433
    SHARES

  • चालक हत्या  : ' तीनजना आरोपी सार्वजनिक'


     
    वीरगञ्ज, पुस  । वीरगञ्जमा ई–रिक्सा चलाउने भारतीय नागरिकको हत्यामा सङ्लग्न रहेको आरोपमा तीन जनालाई पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 
    भारत विहार वैशाली जिल्लाको महुवा घर भई हाल वीरगञ्ज महानगरपालिका–३, छपकैयामा बस्दै आएका ई–रिक्सा चालक ४५ वर्षीय मुख्तार मियाँको शव पुस २२ साँझ ५ बजे नहरबाट बरामद भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अभियुत्तलाई सार्वजनिक गर्दै मियाँको हत्यामा चार जनाको मुख्य संलग्नता देखिएको र ई–रिक्सा व्यवस्थापनमा दुई जना मतियारका रूपमा प्रयोग भएको पाइएको जानकारी दिएका छन ।  अभियुक्तमध्ये एकजना भारतीय नागरिक अझै फरार रहेको उनले जानकारी दिए ।  
    हत्या अभियोगमा पक्राउ पर्नेमा बिहारको मुङ्गेर थाना बैजरपुर निवासी हाल छपकैया बस्ने सपन मण्डल, बाराको परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेर थाना बैजरपुर–३ बस्ने सुनिरकुमार रहेका छन् । त्यस्तैगरी मतियारका रूपमा भारतको विहार घर भई छपकैयामा होटल व्यवसाय गर्दै आएका बुवा–छोरा नाजिर हुसेन र बाबर हुसेन छन् । 
    घरमा झगडा भएपछि सपन मण्डलले अन्य तीन जनालाई विभिन्न प्रलोभन देखाई हत्यामा संलग्न गराएको र चारजना मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।  

    images

     

    शुक्रवार, पौष ३० २०७८०९:२२:०८

    डेमो खबर

    सम्बन्धित समाचार