images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images

इनरुवा : 'हतियारसहित चार जना पक्राउ'

इनरुवा : 'हतियारसहित चार जना पक्राउ'

शुक्रवार, पौष ३० २०७८

  • 581
    SHARES

  • इनरुवा : 'हतियारसहित चार जना पक्राउ'


    इनरुवा, पुस । सुनसरीको इनरुवा नगरपालिका ३ महेन्द्रचोकबाट हतियार सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले इनरुवा ३ महेन्द्रचोकबाट दुई थान हतियारसहित चार जनालाई पक्राउ गरेको हो । 


    प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका वडा नं ७ घुस्कीका २० वर्षीय सबिर मियाँ, सवरेज मियाँ, सोही स्थान बस्ने  २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर वडा नम्बर ६ बस्ने २३ वर्षीय फरियाद अन्सारी रहेका छन् । 
    उनीहरुको साथबाट प्रहरी टोलीले अटोमेटिक पेस्तोल, ७.६५ एम. एम. को ३ राउण्ड गोली र दुई थान म्यागजिन बरामद गरेको थियो ।  

    images

    उनीहरुले प्रयोग गरेको को. १८ प  ६२२५ र  को. ६ प १०९ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ । चारै जनामाथि हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप लिई आवश्यक कानूनी प्रकृया अघि बढाई थप अनुसन्धान भइरहेको छ  ।

     

     

    शुक्रवार, पौष ३० २०७८०९:१०:०१

    डेमो खबर

    सम्बन्धित समाचार