images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images

झापा : 'निःशुल्क एन्टिजेन परीक्षण'

झापा : 'निःशुल्क एन्टिजेन परीक्षण'

बिहिवार, पौष २९ २०७८

  • 489
    SHARES

  • झापा :  'निःशुल्क एन्टिजेन परीक्षण'


    झापा, पुस । झापामा सार्वजनिकस्थलमा निःशुल्क एन्टिजेन परीक्षण केन्द्र स्थापना गरिने भएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला कोभिड ब्यवस्थापन समिति झापाले यस्तो निर्णय गरेको हो ।  
    सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन परीक्षण केन्द्र स्थापना गर्न र नियमित खोप केन्द्रमा खोपलाई अभियानकै रुपमा अगाडि बढाउन स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गर्र्ने निर्णय भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताएका छन । 
    नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट सङ्क्रमित देखिएकालाई तत्काल संस्थागत आईसोलेसनमा राख्ने व्यवस्था मिलाउने पनि निर्णय भएको छ । सीमा नाकामा कडाई शुरु नभएको भन्दै समुदायस्तरबाट समेत विरोध शुरु भएको थियो ।
    कोभिङ–१९ को पहिलो र दोस्रो चरणमा संचालनमा ल्याइएका होल्डिङ्ग सेन्टर, आइसोलेशन सेन्टर र अस्पताललाई तयारी अवस्थामा राख्न सबै स्थानीय तहलाई अनुरोध गर्ने पनि निर्णय भएको जनाईएको छ । कोरोना सङ्क्रमणमा कमी आएपछि कोरोना अस्पतालसहित होल्डिङ्ग र आइसोलेसन सेन्टर बन्द थिए ।
    बुधबार झापामा कोरोना सङ्क्रमणबाट एकजनाको मृत्युभएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा पाँचसय जना बस्न सक्ने गरी होटल क्वारेन्टाईनको ब्यवस्थापन तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय झापाको भनाई छ । यसभन्दा अघि नै मेची भन्सार नाकामा कोरोना जाँचका लागि डेक्स सञ्चालनमा आइसकेको छ ।

    बिहिवार, पौष २९ २०७८०८:४६:५६

    डेमो खबर

    सम्बन्धित समाचार