images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images
देउवा - ओली भेटवार्ता

देउवाले ओलीलाई आग्रह गर्दै भने : "संसद बन्धक नबनाऔँ, एमसीसी पास गरौं "

देउवाले ओलीलाई आग्रह गर्दै भने : "संसद बन्धक नबनाऔँ, एमसीसी पास गरौं "

शनिवार, पौष २४ २०७८

  • 981
    SHARES

  • देउवाले ओलीलाई आग्रह गर्दै भने : "संसद बन्धक नबनाऔँ, एमसीसी पास गरौं "

     

    काठमाडौं, पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । र, संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गर्न प्रस्ताव गरोका छन् ।

    images

    बिहीबार मात्र बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि शनिबार प्रधानमन्त्री देउवा, विवक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट, भक्तपुर पुगेका थिए ।
    भेटमा देउवाले संसदको अवरोध खुलाउन र एमसीसी पास गर्न आग्रह गरेका छन् । जवाफमा ओलीले जे कारणले आफूहरुले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन भएको छैन । त्यसैले अवरोध यथावत रहन्छ भनेका छन् ।

    एमसीसीबारे पनि सत्ता पक्षले नै औपचारिक रुपमा की नभनेको ओलीको तर्क छ । अध्यक्ष ओलीको भनाइ उधिृत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सञ्चारकर्मीलाई भने,  ‘हामी त प्रतिपक्षमा छौं, त्यसमा पनि आन्दोलन गरिरहेका छौं । सत्ता पक्षले औपचारिक रुपमा नबोलेकाले हामीले केही भनिरहनुपर्ने अवस्था छैन ।’

     

    शनिवार, पौष २४ २०७८०५:४९:१६

    डेमो खबर

    सम्बन्धित समाचार