images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images

माफियाको कब्जामा नेक : 'अबको आँखा - चाँगुका सरकारी जग्गा कब्जा गर्ने' 

माफियाको कब्जामा नेक : 'अबको आँखा - चाँगुका सरकारी जग्गा कब्जा गर्ने' 

शनिवार, पौष २४ २०७८

  • 1.7K
    SHARES

  • माफियाको कब्जामा नेक : 'अबको आँखा - चाँगुका सरकारी जग्गा कब्जा गर्ने' 


    भक्तपुर, पुस ।  चाँगुनाायण नगरपालिका वडा नम्वर १ मा रहेको नेपाल इन्जिनियरिङ कलेज तथा उसको हकभोगमा रहेको सरकारी जग्गा अहिले त्यहाँका  भूमाफियाले आँखा गाडेका छन । 
    सात जना सेयर सदस्य मिलेर स्थापना गरिएको उक्त कलेजलाई वार्षिक १५ जना विद्यार्थी निशुल्क पढाउने सर्तमा सरकारी जग्गा दिइएको थियो ।  तिनै  भूमाफियाले पहिले ब्यक्तिगत कलेज जबर्जजस्ती कब्जा गरे ।   त्यसपछि अब सरकारी जग्गा कव्जा तथा  हत्याउन लागी परेको खुल्न आएको छ ।
    नेक सञ्चालनमा आएपछि १५ जना स्थानीय विद्यार्थी बार्षिक रुपमा अध्यापन गराउने सर्तमा भोग चलन रहेको जमिन हाल विर अस्पताल न्याम्सको नाममा गएको छ । 
    उक्त कलेज कव्जा गरेर बसेका प्रिसिन्सपल  हरिकृगण श्रेष्ठलगाएतका माफियाको गुटले नगरपालिकाको अन्य क्षेत्रको सरकारी जग्गा हत्याउन लागी परेको खुल्न आएको छ ।
    संस्थापन तथा सेयर सदस्यलाई कलेजसम्म छिर्न नदिएर कलेजको सम्पतिमा हाली मुहाली गदै आएका छन ।  गुण्डा गर्दी  तथा अपराधिक शैलीमा कलेज कव्जा गरेका नेकका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठ अहिले सरकारी जग्गा पाउँ भन्दै नगरपालिकालाई पत्र लेखेका हुन् ।
    विस्तारित विर अस्पतालमा गएको जग्गासम्म फिर्ता गरी पाउँ भन्दै उनले नगरपालिकामा जग्गा प्राप्तीका लागि पत्राचार गरेको खुल्न आएको छ ।

    यस्तो छ पत्रको व्यहोरा :

    images

    269964112_460418615587084_3733568561300781732_n.jpg

    शनिवार, पौष २४ २०७८०५:१३:५०

    डेमो खबर

    सम्बन्धित समाचार