images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images

बि-जी कराते च्याम्पियनसिप : 'करातेमा नेपाललाई चार स्वर्ण '

बि-जी कराते च्याम्पियनसिप : 'करातेमा नेपाललाई चार स्वर्ण '

मंगलवार, पौष २० २०७८

  • 765
    SHARES

  • बि-जी कराते च्याम्पियनसिप : 'करातेमा नेपाललाई चार स्वर्ण '

     

    काठमाडौं, पुस । ङ्गलादेशमा सम्पन्न बि-जी कराते च्याम्पियनसिपमा नेपालले सितोरियो करातेमा चार स्वर्ण पदक जितेको छ । बङ्गलादेश गोजुरियो कराते महासङ्घको सहयोग तथा बङ्गलादेश बशप सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक एक स्वर्ण प्राप्त गरेका छन् ।

    images

    डिजेनले कुमिते र कातामा गरी दुई स्वर्ण जितिन । पासाङले ७० किलो तौल समूहको कातातर्फ तथा ग्याल्मोले ३५ किलो तौल समूहको कुमितेतर्फ स्वर्ण प्राप्त गरेको टोली व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार नेपाली टोलीले थप दुई रजत र पाँच कास्य पदकसमेत प्राप्त गरेको छ ।

    पासाङ तामाङले ७० किलो र राजदेव बमजनले ६५ किलो तौल समूहको कुमितेतर्फ रजत प्राप्त गरेका हुन् । त्यसैगरी रवीन्द्र कुँवरले खुलातर्फ, युरोडिस रोक्काले ६० किलो, उमेश भण्डारीले ५५ किलो, रविना बुढाथोकीले ४५ किलो तथा उमङ्ग बुढाथोकीले १४ वर्षमुनि उमेर समूहमा कास्य पदक प्राप्त गरेका छन् ।

    सो च्याम्पियनसिपमा नेपालका छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    मंगलवार, पौष २० २०७८०७:३९:११

    डेमो खबर

    सम्बन्धित समाचार