images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images

डब्ल्यूएचओले भन्यो  :  'नयाँ कोभिड १९ स्ट्रेन 'ओमिक्रोन' लाई चिन्ताजनक' 

डब्ल्यूएचओले भन्यो  :  'नयाँ कोभिड १९ स्ट्रेन 'ओमिक्रोन' लाई चिन्ताजनक' 

शनिवार, मंसिर ११ २०७८

  • 993
    SHARES

  • डब्ल्यूएचओले भन्यो  :  'नयाँ कोभिड १९ स्ट्रेन 'ओमिक्रोन' लाई चिन्ताजनक' 


    स्विजरल्याड, मङ्सिर ।  विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड - १९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ एफओपीएचले जनाएको छ।

    विश्व स्वास्थ्य संगठन डब्लुएचअ शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ  कोभिड १९ संस्करण 'B.1.1.529 लाई ओमिक्रोन Omicron' नाम दिएको छ। कोरोनाभाइरस B.1.1.529  को भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय हो। यसमा अन्य डरलाग्दो भेरियन्टहरूको बारेमा विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तनहरू छन्। वि.स्वा. सं ले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिदै उक्त टिप्पणी गरेको छ।
    हाल प्रयुक्त कोरोनाभाइरस खोपहरू नयाँ कोभिड -१९ संस्करणविरूद्ध कम प्रभावकारी हुन सक्ने पनि जनाइएको छ । नयाँ भेरियन्ट 'डेल्टा' स्ट्रेनभन्दा पनि बढी सङ्क्रामक हुनसक्ने प्रक्षेपण गरिएको छ । 

    images

    यो भेरियन्टलाई वैज्ञानिकहरूले B.1.1.529  को रूपमा चित्रण गरेका छन्। डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले बैठकपछि प्रारम्भिक विश्लेषणले यस संस्करणमा ठूलो संख्यामा उत्परिवर्तनहरू आएका छन् जसबारे थप अध्ययन गरिनेछ। रासस- एएनआई

    शनिवार, मंसिर ११ २०७८१०:०६:४१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार