images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images
कांग्रेस १४ औं महाधिवेशन

कांग्रेस महाधिवेशन : 'प्रचार प्रसार समितिले पायाे पूर्णता'

कांग्रेस महाधिवेशन : 'प्रचार प्रसार समितिले पायाे पूर्णता'

शनिवार, मंसिर ११ २०७८

  • 809
    SHARES

  • कांग्रेस महाधिवेशन :   'प्रचार प्रसार समितिले पायाे  पूर्णता'

    काठमाडौ, मङ्सिर । नेपाली कांग्रेसको महाधिवेशन प्रचार प्रसार समितिलाई पूर्णता दिइएको छ । पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रचार प्रसार समितिलाई पूर्णता दिएका छन । 

    समितिको सदस्यमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, किरण गिरी, किरण यादव, आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलीप राईलाई चयन गरिएको छ ।

    images

    यस्तै सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, जनसम्पर्क समितिका अध्यक्ष, प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य समितिका सदस्यका रूपमा राखिएको छ ।

    यसैगरी प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष, केन्द्रीय समितिका सल्लाहकार, प्रतिष्ठान शाखाका सभापति र जिल्ला सम्पर्क समितिका सभापति सदस्य रहेका छन् ।

    कांग्रेसको कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रवक्ता शर्मालाई महाधिवेशन प्रचार प्रसार समितिको जिम्मेवारी तोकेको थियो ।

    शनिवार, मंसिर ११ २०७८०९:१३:५१

    डेमो खबर

    सम्बन्धित समाचार