images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images
एमाले महाधिवेशन

विधान संशोधन : "पदाधिकारी थप, सहमतिको प्रयास"

विधान संशोधन : "पदाधिकारी थप, सहमतिको प्रयास"

शनिवार, मंसिर ११ २०७८

  • 1.2K
    SHARES

  • विधान संशोधन :   "पदाधिकारी थप,   सहमतिको प्रयास"

    भरतपुर, मङ्सिर । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ ।

    गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद सङ्ख्या बढाउने प्रस्ताव बन्द सत्रमा पेश गर्ने निर्णय गरेको हो ।

    images

    एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय) मा १९ सदस्य हुनेछन् ।

    ती निकायमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष एक–एक, उपाध्यक्ष ; छ, महासचिव एक उपमहासचिव तीन र सचिव सात हुनेछन् । यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ ।

    आज बिहान १० बजे बन्दसत्र सुरु गर्ने र सुरुमा विदेशी पार्टी र प्रतिनिधिका तर्फबबाट शुभकामना लिइने जनाइको छ । आउँदै गरेको निर्वाचनलाई ध्यानमाा राखेर विधान संशोधन गरिएको एमालेले जनाएको छ ।

    शनिवार, मंसिर ११ २०७८१०:५०:२९

    डेमो खबर

    सम्बन्धित समाचार