images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images

महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

शुक्रवार, मंसिर १० २०७८

  • 1.4K
    SHARES

  • महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

    काठमाडौँ,मङ्सिर । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ । विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । जीतसँगै नेपालले आगमी वर्ष हुने टी २० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालको जीतमा सीता राना मगरले सर्वाधिक ३० रनको योगदान दिनुभयो । कप्तान रुविना क्षेत्रीले २०, सरिता राना मगरले १५, कविता कुँवरले १० तथा इन्दु बर्माले चार रन बनाउनुभयो । त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो । मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाउनुभयो । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान दिनुभयो । बलिङतर्फ नेपालकी सबनम राईले दुई तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले एक÷एक विकेट लिनुभयो । नेपाल चार खेलमा तीन जीत र एक हारका साथ ६ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो ।

    शुक्रवार, मंसिर १० २०७८०८:२३:४५

    डेमो खबर

    सम्बन्धित समाचार