images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

सुनसरी : 'मल अभाव भएपछि गहुँ छर्न ढिलाई' 

सुनसरी : 'मल अभाव भएपछि गहुँ छर्न ढिलाई' 

बिहिवार, मंसिर ९ २०७८

  • 305
    SHARES

  • सुनसरी : 'मल अभाव भएपछि गहुँ छर्न ढिलाई' 


    इनरुवा, मङसिर  । सुनसरीको सदरमुकाम इनरुवासहित जिल्लभरि नै गहुँ छर्ने बेलामा रसायनिक मल डीएपी, पोटास र युरियाको अभाव भएको छ । कार्तिंक अन्तिम हप्तादेखि गहुँ गर्ने सिजन सुरु भएपनि बजारमा मल नपाउँदा किसान आक्रोसित बनेका छन् । 
    कार्तिकको सुरु दिनदेखि तीनदिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र डुवानले यहाँका किसानको धानखेती बगाएपछि के खाने भन्ने चिन्तामा परेको बेला अहिले  गहुँ छर्ने बेलामा मल नपाउँदा झनै चिन्ता थपिदिएको यदुवशीं बहुउदेश्यीय कृषक समूहका सचिव मुसहरु साहले बताएका छन । 
    साहका अनुसार गहुँ छर्ने बेलामा पनि यहाँका किसानले आवश्यक मल पाएका छैनन् । बजारमा नेपाली डिएपी, पोटास र युरिया मल नपाउँदा सोचेजस्तो उत्पादन नहुने चिन्तामा डुबेको र केही किसान बजारमा मल आउला र गहुँ छरौला भन्ने आशमा बसेको साहको भनाई छ । 
    मल ल्याउन सम्बन्धित निकायमा पटक पटक आग्रह गर्दासमेत नल्याएको भन्दै किसान आक्रोसित बनेका छन् । 
    धान पसाउने बेलामा पनि मल  पाइएन र  अहिले अब गहुँ छर्ने बेलामा पनि अभाव भएपछि गहुँ बाली पनि नसप्रिने इनरुवा ९ बबियाका किसान दिपेन्द्र यादवले बताएका छन । 
    उनले भने, “धानखेती बेलामा मल पाएनौँ, बेमौसमी वर्षाले धान बगाइदियो, अब गहुँखेतीका लागि मल माग्दा समेत पाइँदैन, किसानले के गरी खाने ?, कुनै विकल्प छिटो दिनुहोस ।” जिल्लामा मल आपूर्तिको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिगंलले माथिबाट मल नआएका कारण मल अभाव भएको बताउँदै आएको छ । 
    यसअघि मानव अधिकार समूह कोशी र भोक्राहा नरसिंह तथा इन्सेक सुनसरीले जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई मल आपुर्तीमा सहजिकरणका लागि भन्दै ज्ञापन पत्र बुझाएकोमा प्रजिअ यादवले तत्काल पहल गर्न सम्बन्धित निकायमा खबर गर्ने र अन्य क्षेत्रमा पनि मलका लागि पहल गर्ने प्रतिकृया दिएका  छन ।  
    यादवले मलका लागि किसानले गुनासो ल्याएको र त्यसमा तत्काल ल्याउन पहल थालेको बता एका छन । 

    बिहिवार, मंसिर ९ २०७८०९:३९:००

    डेमो खबर

    सम्बन्धित समाचार