images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

प्रदेश २ सभा आह्वान :  “राजधानीको नाम पारित हुने सम्भावना” 

प्रदेश २ सभा आह्वान :  “राजधानीको नाम पारित हुने सम्भावना” 

बुधवार, मंसिर ८ २०७८

  • 281
    SHARES

  • प्रदेश २ सभा आह्वान :  “राजधानीको नाम पारित हुने सम्भावना” 


    जनकपुर, मङ्सिर  । प्रदेश २ सरकारले यहीँ मङ्सिर २९ गते प्रदेश सभाको आठौं अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकबाट प्रदेश सभाको आठौ अधिबेशन आह्वाना गरिएको हो । 
    प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहका अनुसार एक दिनअघि मन्त्रिपरिषद्को बैठकले विभिन्न ऐन, प्रदेशको स्थान र राजधानीको नाम टुङ्गो लगाउन प्रदेश सभा अधिबेशन आह्वानको निर्णय गरेको हो । 
    प्रदेश २ मा चार दलीय गठबन्धन सरकार गठन भएपछि प्रथम पटक प्रदेशसभा अधिवेशनको आह्वान गरिएको छ । जनता समाजवादी पार्टीको नेतृत्वको प्रदेश २ सरकारलाई दुई तिहाईभन्दा बढी प्रदेश सभासदको समर्थन रहेको छ । 
    जसपाको नेतृत्वमा नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र गठबन्धन सरकारमा सहभागी छन । गठबन्धन दलबीच भने प्रदेशको नाम र राजधानीको विषयमा सहमति भएको छैन । 
    यसअघि नै जसपाले प्रदेशको नाम मधेश प्रदेश र जनकपुरधाम राजधानी प्रस्ताव गरेको थियो । सो प्रस्तावको पक्षमा हालका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सातौं अधिवेशनमा समर्थन जनाइसकेको थियो । 
    गठबन्धनमा सहभागी दलमध्ये तत्कालनी विपक्षी दलका भूमिकामा रहेका नेपाली काँग्रेस प्रदेशको नाम मिथिला–भोजपुरा राख्नुपर्ने अडानमा छ भने विगतमा नेकपा माओवादी केन्द्र मधेश प्रदेशको विपक्षमा रहे पनि यस पटक पक्षमा रहने अनुमान गरिएको छ । विगतको अधिवेशनदेखि नै नेकपा एमाले मधेश प्रदेशको पक्षमा रहदै आएका छन ।
    प्रदेशको राजधानी जनकपुरधामलाई बनाउने लगभग सबै दल सहमत नै देखिएकोले आठौं महाधिवेशनबाट राजधानी पारित निश्चित देखिन्छ ।  

    बुधवार, मंसिर ८ २०७८१०:११:११

    डेमो खबर

    सम्बन्धित समाचार