images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

बुधवार, मंसिर ८ २०७८

  • 217
    SHARES

  • नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

    काठमाडौ, मङ्सिर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १।८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।२९ अङ्कले ओरालो लागेर ५१५।१९ मा सीमित भएको छ । नेप्से परिसूचक झिनो अङ्कले बढे पनि कारोबार रकम सस्तोमा सीमित भएको छ ।

    कूल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ७।११, व्यापार ३८।८३ र जीवन बीमा ५८।३ अङ्कले घटेको छ । होटल तथा पर्यटन २।०८, विकास बैंक ४०।६८, जलविद्युत् २३।४३, वित्त ३३।०४, निर्जीवन बीमा ३६।२२, उत्पादन २६।२२, अन्य ५।४, लघुवित्त २।९५, सामूहिक लगानी कोष ०।०३ र लगानी ०।५५ अङ्कले बढेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड १५ लाख ५६ हजार ८३४ बराबरको कारोबार भयो ।

    यस्तै, आइसिएफसी फाइनान्स रु १८ करोड ६७ लाख ५४ हजार ३३३, अपि पावर कम्पनी रु १७ करोड छ लाख ३० हजार ८७६, नेशनल हाइड्रोपावर रु १४ करोड दुई लाख ३६ हजार ५४७ र आइएमई जनरल इन्स्योरेन्स रु १२ करोड ८३ लाख १५ हजार ९९० बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए । नेप्सेका अनुसार मैलुङ्खोला जलविद्युत् कम्पनी ९।४७, कर्णाली डेभलपमेन्ट बैंक ६।६५, पञ्चकन्या माई हाइड्रोपावर ६, जोशी हाइड्रोपावर ४।८५ र साना किसान विकास बैंकका लगानीकर्ताले ३।९८ प्रतिशतले कमाए । त्यस्तै, गुर्खाज फाइनान्स २।५५, उन्नति सहकार्य लघुवित्त २।२३, तेह्रथुम पावर कम्पनी २।२१, एनआइसि एशिया लघुवित्त २।१३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १।९९ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३८ अर्ब ५२ करोड ८७ लाख ७० हजार ५१० बराबर भएको छ ।

    बुधवार, मंसिर ८ २०७८०८:२२:३२

    डेमो खबर

    सम्बन्धित समाचार